पर्यटकबाट हुने आम्दानी बढ्यो, शिक्षाको नाममा बाहिरियो ३२ अर्ब « Khabarhub

पर्यटकबाट हुने आम्दानी बढ्यो, शिक्षाको नाममा बाहिरियो ३२ अर्ब


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको तीन महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा ३.५ प्रतिशतले वृद्धि भएको हो ।

‘सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ३.५ प्रतिशतले वृद्धि भई १७ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १७ अर्ब १३ करोड रहेको थियो’, राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ७.७ प्रतिशतले वृद्धि भई ५५ अर्ब ७८ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ३२ अर्ब १८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५१ अर्ब ८० करोड रहेकोमा शिक्षातर्फको व्यय ३२ अर्ब ९२ करोड रहेको थियो ।

समीक्षा अवधिमा खुद सेवा आय २३ अर्ब २९ करोडले घाटामा रहेको छ । जुन खुद सेवा आय अघिल्लो वर्षको सोही अवधिमा २९ अर्ब ३९ करोडले घाटामा रहेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ३ : २६ बजे

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म