चिनियाँ र पाकिस्तानी सेनाले आतंकवादविरोधी संयुक्त अभ्यास गर्ने « Khabarhub

चिनियाँ र पाकिस्तानी सेनाले आतंकवादविरोधी संयुक्त अभ्यास गर्ने


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

एजेन्सी –चिनियाँ जनमुक्ति सेनाको पश्चिमी कमान्डले नोभेम्बरको अन्त्यदेखि डिसेम्बरको मध्यसम्म संयुक्त आतंकवाद विरोधी अभ्यासमा भाग लिन पाकिस्तानमा सेना पठाउने चिनियाँ रक्षा मन्त्रालयले घोषणा गरेको छ ।

 यो अभ्यास आतंकवाद विरोधी अपरेसनहरूमा केन्द्रित हुने जनाइएको छ । दुवै पक्ष बहु–स्तरीय तथा मिश्रित प्रशिक्षणमा संलग्न भई  वास्तविक लडाइ प्रक्रिया अनुसार प्रत्यक्ष सैन्य अभ्यास आयोजना गर्ने मन्त्रालयले जनाएको छ । 

यो चिनियाँ र पाकिस्तानी सेनाहरू बीचको श्रृंखलाको आठौं संयुक्त अभ्यास हो, जसको उद्देश्य व्यावहारिक आदानप्रदान र सहयोगलाई सुदृढ बनाई संयुक्त आतंकवाद विरोधी अपरेसनहरू सञ्चालन गर्ने क्षमता बढाउनु रहेको छ ।

यस अघि यस शृङ्खलाको अन्तिम संयुक्त अभ्यास सन् २०१९मा भएको थियो ।  

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ३ : ५७ बजे

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि