प्रसाईं पक्राउ प्रकरण : भिडियो बनाउने दर्जन युट्युबर पनि अनुसन्धानमा तानिँदै | Khabarhub Khabarhub

प्रसाईं पक्राउ प्रकरण : भिडियो बनाउने दर्जन युट्युबर पनि अनुसन्धानमा तानिँदै


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ प्रकरणमा करिब एक दर्जन युट्युबर पनि तानिने भएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रधानमन्त्री केपी शर्मा ओलीको ३२ अर्बभन्दा बढी लगानी कम्बोडियामा रहेको भनेर बनाइएको फेक भिडियो प्रकरणमा ती युट्युबरलाई पक्राउ तयारी गरेको हो ।

प्रसाईंले सोमबार भक्तपुरस्थित निवासमा युट्युबर सम्मेलन गरेका थिए । जहाँबाट प्रसाईंले उपलब्ध गराएको फेक डकुमेन्टलाई आधार बनाएर भिडियो कन्टेन्ट बनाएका करिब दर्जन युट्युबरलाई पक्राउ तयारी गरिएको सीआईबीका एक अधिकारीले बताए ।

‘प्रसाईंले उपलब्ध गराएको विवरण फेक रहेको पुष्टि भइसकेको छ । त्यस डकुमेन्टका आधारमा भिडियो सामग्री बनाउने युट्युबरमाथि अनुसन्धान भइरहेको छ’, सीआईबीका ती अधिकारीले खबरहबसँग भने, ‘हामीले ती युट्युबरले बनाएको भिडियो सामग्री अध्ययन गरेका छौँ, हेरेका छौँ । जस-जसले फेक सामग्री फैल्याए, ती सबै हाम्रो अनुसन्धानको दायरामा आउँछन्, पक्राउ पर्छन् ।’

यता सीआईबीले प्रसाईंलाई साइबर अपराध, कागजात कीर्ते र मानहानीको कसुरमा अनुसन्धान अघि बढाएर मुद्दा चलाउने तयारी गरेको छ ।

सीआईबीले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको भेटिएपछि प्रसाईंलाई पक्राउ गरिएको जनाएको छ ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले कम्बोडियाको टेलिकममा ३२ अर्ब नेपाली रुपैयाँ लगानी गरेको दाबीसहित प्रसाईंले भक्तपुरस्थित निवासमै युट्युबरको सम्मेलन गरेका थिए ।

त्यसपछि उनले सोमबार नै फेसबुकमा एक भिडियो पनि सार्वजनिक गरेका थिए । जसमा ओलीको नाममै त्रुटि भेटिएको छ । प्रसाईंले सार्वजनिक गरेको उक्त भिडिओ भाइरल भएपछि सीआईबीको टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ४ : २० बजे

फुटिसकेपछि एकताको आवश्यकता याद गर्नु वाहियात : गोकुल बास्कोटा

काठमाडौं– नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले फुटिसकेपछि एकताको आवश्यकता

आईसीसी विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र अमेरिका खेल्ने

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलामा आज

माओवादी सचिवालय बैठक बस्दै, एकीकृत समाजवादीसँग एकताबारे छलफल गर्ने 

काठमाडौं– नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बस्दैछ

पानी पर्न रोकिए आइतबारदेखि नै लाइसेन्स छापिने

काठमाडौं- वि.स. २०८१ मा सुरक्षण मुद्रणसम्बन्धी ऐन लागू भएपछि सरकारले सरकारी

भारत–नेपाली स्टार्टअप नेटवर्क सुरु, नेपाली उद्यमीका लागि नयाँ अवसर

काठमाडौ‌– भारत र नेपालका स्टार्टअपबीचको सहकार्य सुदृढ गर्न नयाँ सीमापार