लेबनानमा दुई सय भन्दा बढी बालबालिकाको मृत्यु « Khabarhub

लेबनानमा दुई सय भन्दा बढी बालबालिकाको मृत्यु


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा गरेको आक्रमणमा दुई महिना भन्दा कम समयमा २०० भन्दा बढी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मंगलबार जनाएको छ ।

यो कहाली लाग्दो घटनाले चिन्ताजनक अवस्था  देखा परेको जनाउदै राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफका प्रवक्ता जेम्स एल्डरले बालबालकाको मृत्यु र हिंसा रोक्न अत्यावश्यक रहेको बताए ।

उनका अनुसार लेबनानमा पछिल्लो दुई महिनामा हरेक दिन औसतमा तीन जना बालबालिकाको मृत्यु भएको छ भने एक हजार एक सय बढी बालबालिका घाइते भएका छन् ।

हिज्बुल्लाहले गत वर्षको अक्टोबरमा गाजामा प्यालेस्टिनी उग्रवादी समूह हमासको समर्थनमा इजरायलमा रकेट प्रहार गर्न थालेको थियो ।

गत सेप्टेम्बर देखि, इजरायलले लेबनानमा हिजबुल्लाहको गढलाई लक्षित गर्दै व्यापक अभियान सञ्चालन गरेको छ, यद्यपि केही आक्रमणले इरान समर्थित समूहको नियन्त्रण बाहिरका क्षेत्रहरूमा प्रहार गरेका छन् ।

इजरायलमा हिजबुल्लाहको आक्रमणबाट झडप सुरु भएदेखि लेबनानमा तीन हजार ५०१ जना भन्दा बढी मानिसको मृत्यु भएको छ ।  गत वर्षको अक्टोबरमा गाजामा युद्ध सुरु भएदेखि लेबनानमा कम्तीमा २३१ बालबालिकाको मृत्यु भएको एल्डरले बताए।  

लेबनानमा पनि गाजामा जस्तै डरलाग्दो बालबालिकाको नरसंहार चलिरहेको बताउँदै उनले घरबारविहीन भएका लाखौं बालबालिकाहरू आधारभुत पूर्वाधार तथा चिकित्सा सुविधा अभावमा रहेको बताए ।  

लेबनानी अधिकारीहरूका अनुसार नोभेम्बर–१५ देखि २०० भन्दा बढी स्वास्थ्य कर्मचारीहरूको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाईते भएका छन्  । 

 

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ४ : ५२ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका