पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रदेश मन्त्रीले गुहारे प्रधानमन्त्री « Khabarhub

पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रदेश मन्त्रीले गुहारे प्रधानमन्त्री


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेश सरकारका मन्त्री र त्यहाँका पर्यटन व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालसहितको टोलीले प्रधानमन्त्री ओलीलाई यस्तो आग्रह गरेको हो ।

मन्त्री बस्यालले गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरामा पर्यटक बढाउन अन्तर्राष्ट्रिय उडान आवश्यक भएको आग्रह गरे ।

उनले केन्द्र सरकारबाट पनि पोखरालाई देशकै पर्यटकीय राजधानीका रुपमा घोषणा गर्न माग गरे ।

प्रधानमन्त्री ओलीले सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा चीन भ्रमणका क्रममा पर्यटक बढाउने विषयमा आग्रह गर्ने बताए ।

उनले पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्ने पनि बचन दिएका छन् ।

भेटमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री बद्री पाण्डे, प्रदेश मन्त्रालयका सचिव कुमानसिंह गुरुङ, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहाडीलगायत थिए ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ६ : १४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार