सोमबारको बिदाले ‘ह्रस्व दीर्घ’लाई राहत, पाँच दिनमा कमायो तीन करोड ६५ लाख « Khabarhub

सोमबारको बिदाले ‘ह्रस्व दीर्घ’लाई राहत, पाँच दिनमा कमायो तीन करोड ६५ लाख


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायिका नीता ढुंगानाले निर्माण गरेको फिल्म मंगलबार पाँचौ दिनमा प्रदर्शनरत छ । आजसम्मको बक्स अफिस अकडा हेर्दा हलमा दर्शकहरुको उपस्थिति मध्यम रहेको पाइएको छ ।

वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्ट अनुसार सुरुवाती चार दिनमा यस फिल्मले तीन करोड ६५ लाख ग्रस कलेक्सन गरेको छ । दोस्रो दिन शनिबार फिल्मले सबैभन्दा बढी एक करोड २० लाखको व्यापार गरेको थियो ।

सोमबारको सार्वजनिक बिदाको प्रभाव फिल्मको बक्स अफिस कलेक्सनमा देखिएको छ । आइतबारको तुलनामा यस फिल्मले १५ लाख बढी अर्थात् ९० लाखको व्यापार गरेको वितरक मनोज राठीले बताए । आइतबार भने फिल्मले ७५ लाखको कलेक्सन गरेको थियो । फिल्मले पहिलो दिन शुक्रबार ८० लाखको व्यापार गरेको थियो ।

दर्शकको यही संख्याको उपस्थितिले भने लगानी ६ करोड पुग्न अझै तीन दिन लाग्ने देखिन्छ । यस फिल्मले घरेलु बजारबाट मुनाफा निश्चित गर्न कठिन देखिन्छ । जसका लागि फिल्मले कम्तीमा  १२ करोडभन्दा बढी व्यापार गर्नुपर्ने हुन्छ ।

यस फिल्ममा नीता र ज्योतिषी एवम् नायक हरिहर अधिकारी मुख्य भूमिकामा छन् । भारतीय कलाकारहरू सुनील बर्मा, ब्रह्मानन्दम, पदीप रावत, मुहम्मद अली, कबिर दुहानको अभिनय रहेका कारण यस फिल्मले छायाङ्ककै क्रममा चर्चा बटुलेको थियो ।

फिल्ममा उनीहरुसहित सरोज खनाल, विपना थापा, सञ्जिता लुइँटेल, गरिमा शर्मा, रेखा थापालगायतको अभिनय छ । चन्द्र पन्तले निर्देशन गरेको यस फिल्मको कथा हरिहरले लेखेका हुन् ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ८ : १६ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको