आज २०८१ साल पुस ४ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल पुस ४ गते बिहीबारको राशिफल


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल पुस ४ गते बिहीबार तदनुसार सन् २०२४ डिसेम्बर १९ तारिख। पौष कृष्ण पक्षको चौथी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षा र राजनीतिमा पहुँच विस्तार हुनेछ। चिकित्सकको निगरानीमा भए रोगबाट मुक्त हुने दिन छ। साथीको सहयोग मिल्नेछ।

वृष : दिन सहज छ। आफन्तको साथ र सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा भने सोचेको कुरा तत्काल प्राप्त नहुने योग छ। शिक्षाको क्षेत्रमा मेहनत गरेमा सफलता हात लाग्नेछ। स्वदेशमा रोजगारीको विकल्प देखिनेछन्।

मिथुन : दिन राम्रो छ। परिवारको साथमा बसेर रमाइलो गर्ने योग छ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ। चिसोबाट जोगिएर काम गर्नुपर्नेछ।

कर्कट : तपाईंको राशिमा चन्द्रमा पुगेका छन्। शुभग्रहको बहुमत भएकाले दिन राम्रो बन्नेछ। राजनीतिक क्षेत्रमा भन्दा व्यापारमा नाफा हुनेछ। भूमि सम्बन्धी कारोबारबाट लाभ हुनेछ।

सिंह : खर्च बढ्नेछ। असफलतासँग नडराई काममा निरन्तरता दिनु आवश्यक देखिन्छ। विदेशको मोह त्यागेर स्वदेशमा मेहनत गर्नुपर्ने देखिन्छ। शिक्षाको क्षेत्रमा मेहनत गरेको भए सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : कृषि सम्बन्धी व्यापारमा लाभ हुनेछ। दूधको व्यापार गर्नु फाइदा हुनेछ। दाजुभाइसँगको मनमुटावले मन दुख्नेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। स्वास्थ्यले साथ दिनेछ। परिवारसँगै बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

तुला : दिन सामान्य राम्रो छ। आफ्ना प्रतिस्पर्धीले खुट्टा तान्नेछन्। शिक्षाको क्षेत्रका आलस्यता बढ्नेछ। स्वास्थ्यमा सुधारका संकेत फेला पर्नेछन्। परिवारको सुझाव अनुसार अगाडि बढेमा फाइदा हुनेछ।

वृश्चिक : दिन राम्रो छ। मनमा उत्साह लिएर लगानी गर्नुपर्नेछ। आजको निर्णय दीर्घकालीन बन्ने भएकाले निर्णय गर्नु अगाडि सोच्नुपर्ने छ। बिहान उठेर शिवको भजन गरेमा दिन सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन सामान्य राम्रो छ। सम्पत्तिलाई मात्र हेर्दा इज्जत गुम्ने खतरा छ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट सफलता मिल्नेछ। परिवारभित्र सम्बन्धमा समस्या हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुँदा मन अशान्त हुनेछ। दाजुभाइसँगको सहकार्यमा अगाडि बढेमा दिन सहज बन्नेछ। शिक्षाको क्षेत्रमा मेहनत गरेमा सफलता मिल्नेछ। घरको वातावरण शान्त बन्नेछ।

कुम्भ : मनमा अशान्ति बढ्नेछ। परिवारबाट अपमानित भएको महसुस हुनेछ। यो सबै मध्य साढेसाती दशाको फल हो। यसबाट टाढा रहन किहान शिवको भजन सुन्नुपर्ने हुन्छ। स्वास्थ्यामा भने सुधार हुनेछ। समाजसेवाको अवसर मिल्नेछ।

मीन : शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। सामाजिक शिक्षामा भन्दा पनि निजी शिक्षामा लगानी गर्दा फाइदा हुनेछ। राजनीतिक गर्नेसँग भने सचेत बन्नुपर्नेछ। साथीभाइको साथ मिल्नेछ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ५ : ११ बजे

मर्स्याङ्दी जलविद्युतको मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु

तनहुँ– आँबुखैरेनी गाउँपालिका– ४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत्

अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौँ – पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष

पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज

ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग

कर्णाली – गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण

गोकुल बाँस्कोटाले नेकपा ‘कोल्याप्स’को कारण यसरी सम्झिए

काठमाडौं– नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पाँच