हिरासतमा सु्तेका ‘रविको फोटो’बारे कास्की प्रहरी भन्छ : अनुसन्धान भइरहेको छ « Khabarhub

हिरासतमा सु्तेका ‘रविको फोटो’बारे कास्की प्रहरी भन्छ : अनुसन्धान भइरहेको छ

विवादित व्यक्ति निकोलशको दाबी : मैले खिचेको थिएँ


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको दाबीसहित सीसीटीभी क्यामेरा फोटो बाहिरिएपछि अर्को तरंग भएको छ।

यो फोटोलाई लिएर विभिन्न प्रश्न उठिरहेका छन् । यो फोटो फेक हो या वास्तविक भन्नेमा बहस जारी छ ।

यही फोटोलाई लिएर जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान भइरहेको जनाएको छ।

‘हामीले फोटोबारे अनुसन्धान गरिरहेका छौँ, फेक या वास्तविक के हो, छानबिनपछि यसबारे निर्णय हुन्छ’, कास्की प्रहरी सूचना अधिकारीप्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले खबरहबसँग भने, ‘फोटो मैले खिचेको हो भनेर एकजना व्यक्तिले सामाजिक सञ्जालमा हाल्नुभएको छ। उहाँबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।’

यसैबीच फोटो मैले खिचेको भन्दै एकजना विवादित पात्र डाक्टर निकोलश भुसालले सामाजिक सञ्जालमा लेखेका छन् । उनले फेसबुक लाइभमा आएर आफूले हिरासतको सीसीटीभी फुटेजबाट फोटो बाहिर ल्याएर गल्ती गरेको भन्दै माफीसमेत मागेका छन् ।

‘जिल्ला प्रहरी कार्यालय कास्कीमा जाँदा रवि लामिछाने हिरासतमा बसेको सीसी क्यामेराको फोटो मैले खिचेको हो । मैले सामाजिक सञ्जालमा पाएर पोस्ट गरेको थिएँ’, उनले भनेका छन्, ‘फोटो त्यही सीसीटीभीबाट खिचेको हो मैले ।’

उता रविका सहयोगीसमेत रहेका रास्वपा नेता दीपक बोहोराले यो पोटो रविकै भएको जिकिर गरेका छन् ।

‘यो फोटो आएपछि आज प्रहरीले कडाइ गरेको छ । त्यो फोटो कसरी आयो ? छानबिन हुनुपर्छ । तर प्रहरीले कडाइ गरेको छ, चेकजाँच गरेको छ’, उनले कास्की प्रहरी कार्यालय अगाडिबाट लाइभ आएर भनेका छन्, ‘प्रहरीले यसबारेमा छानबिन सुरु गरेको भनेको छ ।’

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  १ : ११ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति