चिसोमा हात खुट्टाका औँला सुन्निन्छन् ? यसो गर्नुहोस्  « Khabarhub

चिसोमा हात खुट्टाका औँला सुन्निन्छन् ? यसो गर्नुहोस् 


४ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिसोमा रक्तनलीहरु साँघुरिने भएकाले हात खुट्टा सुनिने र औँलाहरूमा रातोपना आउने, पोल्न थाल्ने, चिलाउने हुन्छ । जाडो मौसममा देखिने छाला सम्बन्धी विभिन्न समस्यामध्ये हात खुट्टा सुनिनु र कम्मर दुख्ने समस्या एक हो । अत्यधिक चिसोका कारण हात खुट्टाको औला रातो हुने, चिलाउने, दुख्ने र सुनिने हुन्छ । मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएका, चुरोट तथा सुर्तीजन्य पदार्थको बढी प्रयोग गर्नेमा यो समस्या देखिने चिकित्सकहरू बताउँछन्।

चिसोमा धेरै बिहान र बेलुका काम गर्ने मान्छेमा यो समस्या देखिन्छ । यसलाई नेपालीमा चिसोले खाएको पनि भनिन्छ । वैज्ञानिक भाषामा भन्दा पेरनियुसेस भनिन्छ।

यसमा चिसोले गर्दा हात र खुट्टाको रक्त्तनलीहरु सङ्कुचन हुन्छ र सुनिने, फोका हुने, चिलाउने र घाउ हुने सम्म हुन्छ ।चिकित्सकका अनुसार समयमै गरिएको उपचार र रोकथामका उपायले यो समस्या निको हुन्छ। तर समयमै उपचार नगर्दा पिप जम्ने र घाउ पाकेर अपरेशन समेत गर्नुपर्ने छाला रोग विशेषज्ञहरु बताउँछन्।

तपाईँको पनि यस्तै समस्या भएको छ भने यी उपायहरू अपनाउन सक्नु हुन्छ । 

-कसैलाई पहिला वा अघिल्लो वर्ष यस्तो समस्या देखिएको छ भने पछिल्लो वर्ष चिसो पानी धेरै नचलाउने

-पन्जा लगाएर बस्ने

-चिसो पानीको काम गरे पनि छ हात खुट्टा सेकाउने

-यो हात र खुट्टामा मात्र हैन कानमा पनि चिसोले खान्छ त्यसैले टोपी लगाएर हिँड्ने

-चिसोमा साबुनको प्रयोग धेरै गर्नु हुँदैन, यसले शरीरले उत्पादन गरेको चिल्लो पदार्थ पनि पखालिने सम्भावना हुन्छ।

–  चिसोमा हात खुट्टाका औँलाहरू चलाइरहनु पर्छ। मसाज गरिरहनुपर्छ।

– मनतातो पानीमा नुन हालेर सेकेमा दुखाई र सुन्नाई कम गर्छ। यति उपाय अपनाउँदा पनि औँला सुन्निने समस्या निको नभए चिकित्सकको परामर्शमा जानुपर्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  २ : ०१ बजे

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द