संघीयता कार्यान्वयनसँगै दिगो विकासमा राहत : सभामुख « Khabarhub

संघीयता कार्यान्वयनसँगै दिगो विकासमा राहत : सभामुख


४ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख देवराज घिमिरेले मुलुकमा संघीयता कार्यान्वयनमा आएसँगै तीनै तहको सरकार दिगो विकासका लक्ष्य हासिल गर्न अगाडि बढिरहेको  बताएका छन् ।

नेपाल प्रशासनिक  प्रशिक्षण प्रतिष्ठान र गभरनेन्स ल्याबको संयुक्त आयोजनामा ‘प्रादेशिक एवं स्थानीय शासन सबलीकरण तथा समावेशी आर्थिक विकास विषयक’ समारोहको उद्घाटन गर्दै सभामुख घिमिरेले दिगो विकास साझा उद्देश्यका प्राप्ति तीनै तहको सरकार सबै क्षेत्र,लिंग,भाषा धर्म,संस्कृति अल्पसङ्ख्यक समुदाय समेटेर अगाडि बढिरहेको बताएका हुन् ।

सभामुख घिमिरेले सङ्घीयता कार्यान्वयनका क्रममा देखिएको केही मत भिन्नतालाई आगामी दिनमा संरचनागत,प्रक्रियागत र नीतिगत व्यवस्थामा सुधार गर्ने बताए ।

सङ्घीयता घोषणा भएको १० वर्ष पुग्नै लाग्दा आयोजना भएका यस्ता सम्मेलनले नेपालको सङ्घीयता कार्यान्वयनमा सुधार गरी अग्रगामी रणनीतिहरू तय गर्न थप सहयोग पुग्ने सभामुख घिमिरेले विश्वास व्यक्त गरे । संविधानलाई जीवन्त र समय सापेक्ष बनाइराख्न कानुनी प्रावधानबारे छलफल गर्न आवश्यक रहेकोमा उनले जोड दिए।

कार्यक्रममा सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले सङ्घीयता लागु भएसँगै न्यायपालिको न्यायिक शक्ति पनि राज्यका तीनै तहमा बाँडफाँट भएको बताए । सङ्घीयताले समावेशितालाई राज्यका स्रोत साधन र पहुँचलाई तीन तहको सरकार पुन वितरणको प्रक्रियामा लान सहयोग पुगेको उनले धारणा व्यक्त गरे।

उनले सङ्घीयतामा समावेशिताको सकारात्मक पाटोले अहम् भूमिका खेलेको भन्दै राज्यका तीनै संरचना एकताबद्ध हुनुपर्ने बताए।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  २ : १२ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र