विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग मन्त्री खड्काले गरे छलफल | Khabarhub Khabarhub

विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग मन्त्री खड्काले गरे छलफल


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग छलफल गरेका छन् ।

उनले ऊर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्न आज मन्त्रालयमा प्राधिकरणको नेतृत्वमा रहेर लामो समय कार्य अनुभवमा रहेका पूर्वकार्यकारी निर्देशकसँग छलफल गरेका हुन् ।

छलफलमा मन्त्री खड्काले सुक्खा याममा भारतबाट विद्युत् आयात गर्नुपर्ने र भारतीय विद्युतप्रति भर पर्नुपर्ने कारण तथा यसको समाधानका विषयमाथि विज्ञहरूको राय लिएका थिए । उनले विद्युत् चुहावट नियन्त्रण, विद्युत् बक्यौता असुली तथा प्राधिकरणको सुधार र सवलीकरणका लागि के गर्न सकिन्छ भन्ने विषयमा रायसुझाव मागेका थिए ।

मन्त्रालयका सचिव सुरेश आचार्यले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि अहिले भइरहेका प्रयासका बारेमा जानकारी गराउँदै आगामी दिनमा गर्न सकिने विकासका कार्यका बारेमा सुझाव माग गरेका थिए। छलफलमा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक डा मुकेशराज काफ्लेले पछिल्लो समय ऊर्जा क्षेत्रको विकासका लागि सरकारले चालेको कदम सकारात्मक रहेको बताए।

छलफलमा सहभागी प्राधिकरणका पूर्वकार्यकारी निर्देशकहरुले सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेकाले उक्त लक्ष्यलाई पूरा गर्नका लागि जलाशययुक्त आयोजना कार्यान्वयनमा लैजान जोड दिएका थिए । उनीहरुले नेपालको ऊर्जा क्षेत्रको विकास जुन गतिमा हुनुपर्ने हो त्यो हुन नसकेको बताएका थिए ।

उक्त छलफल कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङ, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्र शाक्य, उत्तरकुमार श्रेष्ठ, रामेश्वर यादव, हरिशचन्द्र शाहलगायत मन्त्रालयका उच्चपदस्थ कर्मचारीको सहभागिता थियो ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ३ : ४५ बजे

रवि लामिछाने आज पनि अदालतमा उपस्थित हुँदै

बुटवल– पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज पनि अदालतमा

दशरथ रंगशालामा मच्छिन्द्र र एपीएफ भिड्दै

काठमाडौं– मच्छिन्द्र क्लब र एपीएफ क्लब आज प्रतिस्पर्धामा उत्रँदै छन्

जाडोमा खानुहोस् यी तीन प्रकारको सुप, जसले थप बलियो बनाउँछ

काठमाडौं– रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिले जाडो मौसममा आफ्नो

कञ्चनपुरका तीन स्थानीय तहमा विद्युत् आपूर्ति बन्द हुने

कञ्चनपुर– जिल्लाका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति बन्द

राप्रपाको केन्द्रीय समिति बैठक आजबाट 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय समितिको बैठक आजबाट सुरु