राससका पूर्वनिमित्त महाप्रबन्धक राणाको निधन « Khabarhub

राससका पूर्वनिमित्त महाप्रबन्धक राणाको निधन


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय समाचार समिति(रासस)का पूर्वनिमित्त महाप्रबन्धक जयशम्शेर राणाको ८० वर्षको उमेरमा भारतको भोपालमा निधन भएको छ ।

श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडितको उपचारमा रहेका रासस अङ्ग्रेजी सम्पादन शाखाका पूर्वप्रमुख राणाको भोपालस्थित सिद्धान्त सुपरस्पेसिलिटी अस्पतालमा आज बिहान निधन भएको उनका भाई प्रभात शम्शेर राणाले जानकारी दिए। स्व राणाको आजै अन्त्येष्टि गरिने बताइएको छ ।

सन् १९४४ सेप्टेम्बर २७ मा काठमाडौँमा जन्मिएका राससका पूर्वसम्पादकसमेत रहेका राणा सेवा निवृत्तपछि भोपाल बस्दै आएका थिए । उनका दुई छोरा छन् ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ३ : ५२ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति