रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी « Khabarhub

रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

मस्को– युक्रेनी ड्रोन र छिमेकी रुसी क्षेत्रमा क्षेप्यास्त्र आक्रमण हुँदा रुसी तेल प्रशोधन केन्द्रमा आगलागी भएको छ ।

रूसको दक्षिणी रोस्तोभ क्षेत्रमा ‘शत्रुले ठूलो आक्रमण गरेको’ स्थानीय गभर्नर युरी स्ल्युसरले बिहीबार टेलिग्राममा उल्लेख गरेका छन् ।

उनले भने, ‘आक्रमण गरिएको रोस्तोभ क्षेत्रमा तीन दर्जनभन्दा बढी युएभी र तीन वटा क्षेप्यास्त्र तैनाथ गरिएको छ ।’

 आक्रमणपछि रुसी हवाई प्रतिरक्षा सेवा यस क्षेत्रका धेरै शहरहरूमा सक्रिय गरिएको छ ।

उनले भने, ‘अधिकांश हवाई लक्ष्यहरू निष्प्रभावी भए तापनि तेल प्रशोधन केन्द्रमा आगलागी भएको तर यसलाई रुसी अधिकारीले करिब एक घण्टापछि नियन्त्रणमा लिएका छन् । ‘

उनले रोस्तोभ नजिकैको एउटा गाउँमा ड्रोनका टुक्रा खस्दा एक जना घाइते भएको पनि बताएका छन् ।

रूसको रक्षा मन्त्रालयले बिहीबार भनेको छ, ‘किएभले विमानको प्रयोग गरेर आतंकवादी हमला गर्ने प्रयास गरेको थियो तर यो विफल भएको छ ।’

रुसको हवाई प्रतिरक्षा प्रणालीले रोस्तोभ क्षेत्रसहित देशभरका ८० भन्दा बढी ड्रोन नष्ट गरेको छ । रुसको सीमावर्ती क्षेत्रमा युक्रेनी आक्रमण हुने गरेको छ भने गत हप्ता रोस्तोभ र पश्चिमी ब्रायन्स्क क्षेत्रलाई लक्षित गरी दुई छुट्टाछुट्टै आक्रमण भएका थिए।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार वार्षिक पत्रकार सम्मेलन आयोजना गर्ने क्रममा पछिल्लो आक्रमण भएको हो ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ४ : २३ बजे

विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग

एजेन्सी– दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत

भायानेटले ल्यायो अत्याधुनिक ‘वाइफाइ ६’ सेवा, घरभर तीव्र गतिको इन्टरनेट

काठमाडौं– भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर

बगरफाँट-कोप्रे-दूधेखोला खण्ड : १८ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– बेनी नगरपालिका–२ को बगरफाँट–कोप्रे हुँदै वडा नम्बर ३ को

डोल्पामा जडीबुटीसहित चारजना पक्राउ

डोल्पा– त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार

रास्वपाको दुई तिहाइमा बालेनको अग्नि परीक्षा

नाम र काम मिल्नुपर्ने पूर्वीय वैदिक परम्परा हो हाम्रो। देशले