वन सम्पदाको उपयोगबाट समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री शाही « Khabarhub

वन सम्पदाको उपयोगबाट समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री शाही


४ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई समृद्धिसँग जोड्न आफ्नो मन्त्रालयले सक्रियताका साथ काम गरिरहेको बताएका छन्।
उक्त मन्त्रालयको संयोजन र खाद्य तथा कृषि संगठनको सहयोगमा बिहिबार आयोजित राष्ट्रिय नीति संवादमा उनले वनसँग सम्बन्धित जनसरोकारका विषयमा बाधा बनेका ऐन कानुन संशोधन गरी जनतालाई समृद्धिसँग जोड्ने प्रयास भइरहेको बताए ।
‘मुलुकाका सामुदायिक वन स्थानीय जनताको सहभागिता तथा सक्रियतामा व्यवस्थित हुनु हाम्रा लागि प्रेरणा हो’, मन्त्री शाहीले भने। उनले देशका २३ हजारभन्दा बढी सामुदायिक वन सम्पदाको सदुपयोगबाट स्थानीय समुदायलाई गरिबीबाट उठाउन मद्दत मिलेको बताए।
मन्त्री शाहीले वनको दिगो व्यवस्थापन, वनमा आधारित उद्यमको विकास, पर्या–पर्यटन प्रवर्द्धन, कार्बन व्यापारलगायत वनसम्बन्धी गतिविधि बढाएर समृद्धितर्फको यात्रालाई सहज बनाउन सक्ने विचार व्यक्त गरे।
उनले सामुदायिक वनमा आश्रित महिला, आदिवासी, जनजाति, दलितलगायत सीमान्तकृत समूह र युवाको समानुपातिक सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ४ : ३५ बजे

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा– बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा