बेलायतका तीन पूर्व विदेश सचिवले गरे सुकीको रिहाइको माग  « Khabarhub

बेलायतका तीन पूर्व विदेश सचिवले गरे सुकीको रिहाइको माग 


४ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायतका तीन पूर्व विदेश सचिवले आङ सान सुकीको रिहाइको माग गरेका छन् । म्यानमारको क्रूर सैन्य तानाशाहद्वारा हाल थुनामा रहेकी सुकीलाई रिहा गर्न उनीहरूले आह्वान गरेका हुन ।

यसरी रिहाइको माग गर्नेमा विलियम हेग, सर माल्कम रिफकिन्ड र ज्याक स्ट्र रहेका छन् । उनीहरूले अपदस्थ नेता सुकीलाई गैर जिम्मेवार आरोप लगाएर जेल हालिएको उनीहरूको भनाइ छ ।

उनीहरूका अनुसार सुकी आफ्नो देशलाई लोकतान्त्रिक रूपमा नेतृत्व गर्ने मौकाको हकदार रहेकी छिन । २७ वर्षको लामो नजरबन्द सजाय भोगेकी उनी सरकारको नेतृत्वमा फर्केकी थिइन । तर, त्यहाँ भएको अप्रत्याशित सैन्य कु पछि पुनः उनी झन्डै चार वर्षदेखि नजरबन्दमा छिन् ।

७९ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता सुकीमाथि रोहिंग्या मुस्लिम अल्पसङ्ख्यक माथि आफ्नो देशको चरम हिंसा गरेको आरोप रहेको छ । उनीहरूका बारेमा बोल्न अस्वीकार गरेपछि उनी विवादित हुन पुगेकी थिइन ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ५ : २८ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई