कोशी सरकारबारे माओवादीको कडा आलोचना « Khabarhub

कोशी सरकारबारे माओवादीको कडा आलोचना

दुई दलीय संयन्त्र संविधान र कानून विपरीत भएको दाबी


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारका कामकारबाहीबारे आलोचना गरेको छ ।

बिहीबार कोशी प्रदेशसभा सचिवालयको बैठक हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै माओवादी दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारको कडा आलोचना गरेका हुन् ।

सरकार सञ्चालनका लागि बनेको दुई दलीय संयन्त्रले संविधान र कानूनविपरीत गतिविधि गरेको भन्दै आङ्बोले निर्वाचनमा पराजित भएका व्यक्तिले संयन्त्रको नाममा प्रदेश सरकार र संसदमाथि हस्तक्षेप गर्ने निर्णय गरेको दाबी गरे । कांग्रेस र एमालेको सरकार सञ्चालन संयन्त्रमा रहेका पूर्वमुख्यमन्त्री शेरधन राईप्रति लक्षित हुँदै यस्तो बताएका हुन् ।

राई संयोजक रहेको संयन्त्रले कोशी सरकारको बजेट पुनरावलोकन गर्ने निर्णय गर्दा उनी मुख्यमन्त्री कार्यालयमा रहेको सभाहलको मुख्यमन्त्री बस्ने आसनमा बसेका थिए । यसैगरी, आङ्बोले प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलनका विषयमा पनि अन्यौलता भएको बताउँदै निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्न सुझाव दिए ।

उनले सरकार सञ्चालनका लागि बनेको दुई दलीय संयन्त्र संविधान र कानून विपरीत भएको दाबी गरे । उनले संविधान र कानूनमै नभएको बजेट पुनरावलोकनको विषयमा संयन्त्रले फर्मान जारी गरेको आरोप लगाए ।

उनले भने ‘संविधान र कानूनले नचिनेको मान्छेले बजेट पुनरावलोकन गर्ने फर्मान गरेकाले माओवादीले प्रतिवाद गर्छ ।’

नेता आङवोले कोशी प्रदेश संसदीय दलले प्रदेश सभा बोलाउन माग समेत  गरेको छ । दलका नेता इन्द्र आङवोले पत्रकार सम्मेलन गर्दै सरकार बेथितिपूर्ण ढङगले चलेको भएपनि ससदमा जनताले थाहा पाउने गरी बहस गर्न चाहेको बताए । उनले सरकार जनताका बीचमा पुग्न नसकेको भन्दै सदन मार्फत यो कुरा माओवादीले भन्न चाहेको बताए ।

निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीको प्रकरणबाट पनि प्रदेश सरकारले पाठ नसिकेको बताउँदै आङ्बोले नियम विपरीत कोशीका चार सांसदले कोलकाता भ्रमण गरेको बताए ।

त्यसबाहेक आङ्बोले उमागौरी सहकारीको ठगी प्रकरणको निष्पक्ष अनुसन्धानको लागि संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागे ।

पोखरेल सार्वजनिक लेखा समितिको सभापति भएकै कारण सहकारी ठगीको छानबिन प्रभावित भएको भन्दै आङ्बोले पोखरेलको राजीनामा मागेका हुन् । उमागौरी सहकारी प्रकरणमा पोखरेल पत्नी अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

मुद्दामा अञ्जलासहित २५ जना फरार छन् । सहकारी ठगीमा पोखरेलकी पत्नी जोडिएको भएपनि प्रहरीले उनलाई कुनै सोधपुछसमेत नगरी मुद्दा सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

सहकारी ठगीमा जोडिएका व्यक्तिहरुलाई पक्राउ गरेर अनुसन्धान गर्ने गरेको प्रहरीले सत्तारुढ दलकै सांसदकी श्रीमती जोडिएको कारण उनलाई पक्राउ नगरेको आरोप लाग्दै आएको छ । मुद्दा दर्तापछि विराटनगरको महेन्द्र रात्री विद्यालयकी शिक्षिका रहेकी अञ्जला विद्यालयमा ५ दिनको बिदा लेखेर सम्पर्कविहिन छन् ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ६ : ५२ बजे

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

काठमाडौं– सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित

शंकर पोखरेलको निष्कर्ष : कम्युनिस्ट एकता होइन, जनतासँगको सम्बन्ध सुधार अहिलेको आवश्यकता

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कम्युनिस्ट नेतृत्वकै समयमा