तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक चाँडो टुङ्ग्याउन समितिको सुझाव « Khabarhub

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक चाँडो टुङ्ग्याउन समितिको सुझाव


४ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सांसदहरुले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकलाई परिष्कृत गरेर अगाडि बढाउनुपर्ने सुझाएका छन् ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आज सिंहदरबारमा भएको बैठकमा समितिका सदस्यहरू एवं विज्ञ सरोकारवालाहरूले प्रस्तावित विधेयकको मस्यौदा परिष्कृति गर्दै यसलाई चाँडो टुङ्गोमा पुर्‍याइनुपर्ने बताए।

विधेयकको मस्यौदा, संरचना र दिगोपनाका लागि स्रोत व्यवस्थापनलगायत विषयलाई सम्बोधन गरेर विश्वविद्यालयको अवधारणामा अघि बढाउन उनीहरूको जोड छ । प्रतिष्ठानको विशिष्टीकृत सेवा र प्रतिष्ठामा आँच नपुग्ने गरी उच्च गुणस्तरीय विश्वविद्यालयको रूपमा स्थापित गरिनुपर्ने उनीहरूको धारणा छ ।

‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’ माथि भएको सैद्धान्तिक छलफलमा सांसद कृष्णप्रसाद सिटौलाले राष्ट्रिय प्रतिष्ठाको विषय भएकाले विधेयकलाई चाँडो टुङ्ग्याइनुपर्ने धारणा राखे। उनले सरकारी तवरबाट सञ्चालित संस्थासँग नबाझिने गरी तिलगङ्गा आँखा प्रतिष्ठानलाई विश्वविद्यालयको रूपमा अघि बढाउँदा आँखाको अझै स्तरीय र विशिष्टीकृत सेवा दिने गरी विकास गरिनुपर्नेमा जोड दिए।

सांसद नारायणकाजी श्रेष्ठले विधेयकमा नमिलेका विषयलाई परिमार्जित गरेर यसलाई विशिष्टीकृत सेवाको रूपमा लैजानुपर्ने बताए। उनले राष्ट्रिय चिकित्सा आयोगसँग समन्वय र सहकार्य हुने गरी विश्वविद्यालयको रूपमा अगाडि बढाउनु उपयुक्त हुने धारणा राखे।

सांसदहरु भगवती न्यौपाने, किरणबाबु श्रेष्ठ, डा. बेदुराम भुसाल, तारामान स्वार, सुरेश आलेमगर, मायाप्रसाद शर्मा, उर्मिला अर्याल, झक्कुप्रसाद सुवेदी, अञ्जना शाक्य, गोपाल भट्टराई, गरिमा पन्त, गोमादेवी तिमिल्सना, विष्णुदेवी पुडासैनी, विष्णुबहादुर विश्वकर्मालगायतले विश्वविद्यालयको मान्यता दिने र बीचमै अलपत्र हुने अवस्था नआउने गरी विशिष्टीकृत विश्वविद्यालयको अवधारणाको रूपमा विकास गरिनुपर्ने सुझाए ।

पूर्वसचिव माधव पौडेलले तिलगङ्गा आँखा प्रतिष्ठानको गुणस्तरीयता र प्रतिष्ठालाई कायम गर्नेगरी विश्वविद्यालयको रूपमा विकास गरिनुपर्ने सुझाव दिए । उनले चिकित्सा शिक्षा आयोगको मापदण्ड र कोटाअनुसार अध्ययन अध्यापन गराउन विश्वविद्यालय राजी हुनुपर्ने उल्लेख गर्दै सकभर कानुनी झन्झट कम गरेर विश्वविद्यालयको अवधारणा अगाडि बढाइनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ७ : ०४ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र