विदेशबाट फर्किएका युवाले राष्ट्र निर्माणमा लाग्नुपर्छ : श्रममन्त्री « Khabarhub

विदेशबाट फर्किएका युवाले राष्ट्र निर्माणमा लाग्नुपर्छ : श्रममन्त्री


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

पाटन – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीबाट फर्किएका युवा राष्ट्र निर्माणमा सहभागी हुनुपर्नेमा जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस–२०२४ का अवसरमा पौरखी नेपाल र राष्ट्रिय महिला आयोगको संयुक्त आयोजनामा बिहीबार आयोजित कार्यक्रममा मन्त्री भण्डारीले विदेशबाट फर्केका श्रमिकले त्यहाँ आर्जेको सीप र पुँजी उपयोग गर्नुपर्ने धारणा राखे ।

‘वैदेशिक रोजगारमा काम गरेर फर्कँदा उहाँहरूले केही न केही ज्ञान, सीप, संस्कार र लगनशीलता सिक्नुभएको हुन्छ, श्रम र समयको मूल्य बुझ्नु भएको हुन्छ, उहाँहरूमा भएको सीप, क्षमता र दक्षतालाई प्रयोगमा ल्याउनु आवश्यक छ, मुलुकको विकासमा उपयोग गर्नुपर्छ ।’

उनले आगामी दिनमा वैदेशिक रोजगारीमा जानेलाई भाषा, सीप र ज्ञान सिकेर जाने वातावरण बनाउनु आवश्यक रहेको बताए। उनले रोजगारदाता, तालिम केन्द्र र वित्तीय क्षेत्रलाई एकै ठाउँमा जोड्ने आफूहरूले प्रयत्न गरेको उल्लेख गरे।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले वैदेशिक रोजगारी बाध्यता र परिस्थितिजन्य अवस्था भएको बताए । उनले वैदेशिक रोजगारमा जाने घरेलु श्रमिक महिलालाई सहज बाटोबाट जाने व्यवस्था नगर्दा समस्या आएको बताए। उनले कामलाई घृणा गर्नेभन्दा सम्मान गर्नुपर्ने उल्लेख गर्दै गृह श्रमिकलाई सामाजिक सुरक्षा जोड्न आवश्यक रहेको बताए।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष चिरञ्जीवी बरालले वैदेशिक रोजगारीबाट फर्किएकालाई नेपालमा काम गर्न समस्या भएको बताए। उनले व्यवसाय दर्ता गरेर नियम सङ्गत काम गर्दा प्राविधिक सहयोग, बजार व्यवस्थापन, उत्पादनको उचित मूल्य पाउन सक्ने अवस्था नहुँदा निरुत्साहित हुनु परिरहेको गुनासो गरे।

सरोकारवालाहरूले वैदेशिक रोजगारबाट फर्किएकालाई रोजगारी सृजना गर्दा कर छुट दिनुपर्ने, उद्यम सञ्चालनका विना धितो ऋण प्रवाहको व्यवस्थापन गरिनुपर्ने, अनुदान दिने प्रणालीलाई निरुत्साहित गरिनुपर्नेमा जोड दिएका थिए ।

आप्रवासी श्रमिकहरूको अधिकारलाई कानुनी तथा व्यावहारिक रूपमा सुनिश्चित गर्न हरेक वर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइँदै आएको छ ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ७ : ४६ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था