युक्रेनसँगको युद्धमा १०० उत्तर कोरियाली सैनिक मारिएको दाबी « Khabarhub

युक्रेनसँगको युद्धमा १०० उत्तर कोरियाली सैनिक मारिएको दाबी


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

मस्को- रसियामा युक्रेनविरुद्ध युद्धमा सहभागी उत्तर कोरियाका १०० जना सैनिक मारिएको दाबी छिमेकी दक्षिण कोरियाले गरेको छ ।

दक्षिण कोरियाका एकजना सांसदले युक्रेनविरुद्ध रूसको तर्फबाट लडिरहेका कम्तीमा पनि १०० जना उत्तर कोरियाली सैनिक मारिएको दाबी गरेका छन् ।

सांसद ली सुङ्ग क्वोनले पत्रकारहरूलाई बताएअनुसार दक्षिण कोरियाको जासुसी सेवाले यसबारे संसद्लाई जानकारी दिएको हो ।

उनले युद्धमा १००० हजारभन्दा बढी उत्तर कोरियाली सैनिक घाइते भएको पनि बताएका छन् । सांसद क्वोनले मारिएका कयौँ सैनिकमा उच्च अधिकारी पनि रहेका बताएका छन् ।

हालै मात्र रुसको तर्फबाट युक्रेनविरुद्ध लड्न १० हजारभन्दा धेरै सैनिक गएको खुलेको थियो ।

सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पनि उत्तर कोरियाली सैनिक मारिएको पुष्टि गरेको थियो । तर कति मारिए भन्ने स्वतन्त्र पुष्टि भएको छैन ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ७ : ५६ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा