एक सय ३२ जना महिला र बालबालिकाको उद्धार « Khabarhub

एक सय ३२ जना महिला र बालबालिकाको उद्धार


४ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पर्सा – माइती नेपाल शाखा कार्यालय वीरगञ्जले सन् २०२४ वीरगञ्ज नाका हुँदै भारततर्फ जान लागेका एक सय ३२ जना बालबालिका तथा महिलाको उद्धार गरेको छ ।

कार्यालयले विभिन्न बाहना देखाएर भारत लैजान लागेका एक सय ३२ जनालाई नेपाल–भारत सीमावर्ती क्षेत्र शङ्कराचार्य गेटबाट उद्धार गरिएको छ । माइती नेपाल शाखा कार्यालय वीरगञ्जका सुपरभाइजर गोमा पौडेलले एक वर्षको अवधिमा भारत लैजान लागिएका एक सय ३२ बालबालिका तथा महिलालाई उद्धार गरिएको जानकारी दिए।

“माइती नेपालले नेपाल–भारतको सीमावर्ती क्षेत्र नजिक पर्ने शङ्कराचार्य गेटमा कर्मचारी खटाएर भारत लैजान लागेका बालबालिका तथा महिलाको विषयमा नियमित रुपमा निरीक्षण गर्दै आइरहेको छ”, उनले भने, “सो क्रममा शङ्कास्पद गतिविधि देखिएकालाई उद्धार गरेर आवश्यक परामर्श दिँदै आइएको छ ।”

माइती नेपालले भारतको पटनास्थित ‘उई विनर’ नेटवर्किङमा काम गर्न जान लागेका ३५ जनालाई सीमा क्षेत्रबाटै उद्धार गरेको छ । सानै उमेरमा प्रेममा परेर भारतीय प्रेमीलाई भेट्ने निहुँमा हिँडेका २९ जना किशोरीलाई उद्धार गरेको छ । कार्यालयले विहारका विभिन्न जिल्ला घुम्न जाने बाहना गर्ने २७ जना, काम गर्न जान लागेको बाहना देखाउने १७ जना र समान किन्न जान लागेको बाहना देखाउने १४ जनालाई उद्धार गरेर फिर्ता ल्याएको छ । उद्धार गरिएकामध्ये १८ वर्षसम्मका उमेर समूहका ५४ जना र १९ वर्षमाथिका उमेर समूहका ७८ जना रहेका छन् ।

कार्यालयले सन् २०२३ मा भने सीमा क्षेत्रबाट एक सय ९२ जना बालबालिका तथा महिलाको उद्धार गरेको थियो । माइती नेपालका वीरगञ्ज कार्यालयका सुपरभाइजर पौडेलले भारतमा जनचेतनाका कारण मानवबेचविखनका लागि लैजाने प्रवृत्तिमा भने केही कमी आएको बताए ।

माइती नेपालले एक वर्षमा सीमा क्षेत्रमा २१ हजार तीन सय ७२ स्थानीय सवारीसाधनमा जाँच गरेको थियो । जाँचका क्रममा २५ हजार छ सय १५ जनालाई सीमा क्षेत्रमा मानवबेचविखनसम्बन्धी परामर्श गरेको थियो । कार्यालयले सन् २०२३ मा भारतका विभिन्न राज्यबाट १८ जना बालबालिका तथा महिलाको उद्धार गरेको जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ८ : २१ बजे

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई