बङ्गलादेश र पाकिस्तानका नेताहरू सम्बन्ध बढाउन सहमत « Khabarhub

बङ्गलादेश र पाकिस्तानका नेताहरू सम्बन्ध बढाउन सहमत


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

कायरो । बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले बिहीबार पाकिस्तानसँग ‘सम्बन्ध बलियो बनाउन सहमत भएको’ बताए । उक्त कदमले भारतसँगको उहाँको देशको चिसो सम्बन्धलाई थप परीक्षण गर्ने सम्भावना छ ।

पाकिस्तान र बङ्गलादेश कुनै समय एउटै राष्ट्र थिए तर सन् १९७१ को क्रूर युद्धमा विभाजित भए । त्यसपछि बङ्गलादेश पाकिस्तानको कट्टर प्रतिद्वन्द्वी भारततर्फ नजिकियो । तर भारतको समर्थन पाएकी र अहिले त्यहाँ निर्वासनमा रहेकी नेता शेख हसिनालाई अगस्टमा विद्यार्थी नेतृत्वको क्रान्तिले सत्ताच्यूत गरेपछि ढाकाको नयाँदिल्लीसँगको सम्बन्ध बिग्रिएको छ ।

इजिप्टमा एक सम्मेलनको साइडलाइन वार्तामा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफलाई भेटेका युनुसले ढाकाको सन् १९७१ को इस्लामाबादबाट रक्तपातपूर्ण अलगावबाट बाँकी रहेका गुनासोहरू समाधान गर्न चाहेको बताए ।

“यी मुद्दाहरू बारम्बार आउन थालेका छन्”, युनसले सरिफलाई आफ्नो कार्यालयबाट जारी विज्ञप्तिअनुसार भने, “हामी अगाडि बढ्नका लागि ती मुद्दाहरू सुल्झाऔँ ।”

सरिफले युनुससँग ‘न्यानो र सौहार्दपूर्ण आदानप्रदान’ भएको बताए । “सँगै, हामीले द्विपक्षीय र बहुपक्षीय सहयोगलाई गहिरो बनाउने हाम्रो प्रतिबद्धतालाई दोहोर्याएका छौँ”, उनले समाजिक सञ्जाल एक्समा भने ।

युनुसको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, “दुवै नेता व्यापार, वाणिज्य र खेलकुद तथा सांस्कृतिक प्रतिनिधिमण्डलको आदानप्रदानको माध्यमबाट दुई देशबीचको सम्बन्ध बलियो बनाउन सहमत भएका छन् ।”

नोभेम्बरमा दशकौँपछि पहिलो पटक पाकिस्तानबाट बङ्गलादेशतर्फ सिधै यात्रा गरेको एक मालवाहक जहाजले चटगाँव बन्दरगाहमा सफलतापूर्वक कन्टेनरहरू उतारेको थियो ।दुवै नेताले मुस्लिम बहुल आठ देशको डी–८ आर्थिक सहयोग सङ्गठनको कायरो शिखर सम्मेलनमा भाग लिइरहनुभएको छ ।

युनुसले इस्लामाबाद र नयाँदिल्लीबीचको बहसका कारण धेरै हदसम्म रोकिएको आठ राष्ट्रीय दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई पुनर्जीवित गर्न कटिबद्ध रहेको बताए । “यो सर्वोच्च प्राथमिकता हो”, युनुसले शरीफलाई भने, “फोटो सेसनका लागि मात्र भए पनि म सार्क नेताहरूको शिखर सम्मेलन चाहन्छु किनभने त्यसले कडा सन्देश दिनेछ ।”

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ८ : ३१ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको