बङ्गलादेश र पाकिस्तानका नेताहरू सम्बन्ध बढाउन सहमत « Khabarhub

बङ्गलादेश र पाकिस्तानका नेताहरू सम्बन्ध बढाउन सहमत


४ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

कायरो । बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले बिहीबार पाकिस्तानसँग ‘सम्बन्ध बलियो बनाउन सहमत भएको’ बताए । उक्त कदमले भारतसँगको उहाँको देशको चिसो सम्बन्धलाई थप परीक्षण गर्ने सम्भावना छ ।

पाकिस्तान र बङ्गलादेश कुनै समय एउटै राष्ट्र थिए तर सन् १९७१ को क्रूर युद्धमा विभाजित भए । त्यसपछि बङ्गलादेश पाकिस्तानको कट्टर प्रतिद्वन्द्वी भारततर्फ नजिकियो । तर भारतको समर्थन पाएकी र अहिले त्यहाँ निर्वासनमा रहेकी नेता शेख हसिनालाई अगस्टमा विद्यार्थी नेतृत्वको क्रान्तिले सत्ताच्यूत गरेपछि ढाकाको नयाँदिल्लीसँगको सम्बन्ध बिग्रिएको छ ।

इजिप्टमा एक सम्मेलनको साइडलाइन वार्तामा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफलाई भेटेका युनुसले ढाकाको सन् १९७१ को इस्लामाबादबाट रक्तपातपूर्ण अलगावबाट बाँकी रहेका गुनासोहरू समाधान गर्न चाहेको बताए ।

“यी मुद्दाहरू बारम्बार आउन थालेका छन्”, युनसले सरिफलाई आफ्नो कार्यालयबाट जारी विज्ञप्तिअनुसार भने, “हामी अगाडि बढ्नका लागि ती मुद्दाहरू सुल्झाऔँ ।”

सरिफले युनुससँग ‘न्यानो र सौहार्दपूर्ण आदानप्रदान’ भएको बताए । “सँगै, हामीले द्विपक्षीय र बहुपक्षीय सहयोगलाई गहिरो बनाउने हाम्रो प्रतिबद्धतालाई दोहोर्याएका छौँ”, उनले समाजिक सञ्जाल एक्समा भने ।

युनुसको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, “दुवै नेता व्यापार, वाणिज्य र खेलकुद तथा सांस्कृतिक प्रतिनिधिमण्डलको आदानप्रदानको माध्यमबाट दुई देशबीचको सम्बन्ध बलियो बनाउन सहमत भएका छन् ।”

नोभेम्बरमा दशकौँपछि पहिलो पटक पाकिस्तानबाट बङ्गलादेशतर्फ सिधै यात्रा गरेको एक मालवाहक जहाजले चटगाँव बन्दरगाहमा सफलतापूर्वक कन्टेनरहरू उतारेको थियो ।दुवै नेताले मुस्लिम बहुल आठ देशको डी–८ आर्थिक सहयोग सङ्गठनको कायरो शिखर सम्मेलनमा भाग लिइरहनुभएको छ ।

युनुसले इस्लामाबाद र नयाँदिल्लीबीचको बहसका कारण धेरै हदसम्म रोकिएको आठ राष्ट्रीय दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई पुनर्जीवित गर्न कटिबद्ध रहेको बताए । “यो सर्वोच्च प्राथमिकता हो”, युनुसले शरीफलाई भने, “फोटो सेसनका लागि मात्र भए पनि म सार्क नेताहरूको शिखर सम्मेलन चाहन्छु किनभने त्यसले कडा सन्देश दिनेछ ।”

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ८ : ३१ बजे

उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी

काठमाडौं- भारतको उत्तरी राज्य उत्तराखण्डमा पाँच तीर्थालुसहित छ जना सवार

काठमाडौँमा कात्तिक १७ देखि चौथो तिहार फ्लोरा एक्स्पो हुने

काठमाडौं– नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई मध्य नजर गर्दै कार्तिक

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय

एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?

काठमाडाैँ – राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत