रविको ‘हिरासत तस्बिर’ बारे अनुसन्धान गर्न प्रहरीले बनायो समिति « Khabarhub

रविको ‘हिरासत तस्बिर’ बारे अनुसन्धान गर्न प्रहरीले बनायो समिति


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो प्रकरणका विषयमा अनुसन्धान गर्न प्रहरीले छानबिन समिति बनाएको छ। कास्की प्रहरी हिरासतमा सुतिरहेको सिसिटिभी क्यामेराको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि छानबिन समिति बनाएको हो।

रास्वपाका एक कार्यकर्ता निकोलस भुसालले आफूले तस्वीर सार्वजनिक गरेको भने पनि प्रहरीले अन्य अनुसन्धान र उनीमाथिको अनुसन्धानका लागि समिति बनाएको हो।

अनुसन्धान समितिमा गण्डकी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी मुकुन्द मरासिनीको नेतृत्व छ । उनी सहित चार सदस्य छानबिन समिति बनाएको प्रहरीको भनाइ छ।

तस्वीर नियोजित रूपमा सार्वजनिक गरिएको भन्दै प्रहरीले समिति नै गठन गरेर छानबिन गर्न लागेको स्रोतको दाबी छ। दिउँसो सरकारका गृहमन्त्री रमेश लेखकले पनि फोटोबारे गहिरो अनुसन्धान गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  १० : १४ बजे

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले