मलेसिया दश वर्षअघि २३९ यात्रीसहित हराएको विमानको फेरि खोजी गर्दै « Khabarhub

मलेसिया दश वर्षअघि २३९ यात्रीसहित हराएको विमानको फेरि खोजी गर्दै


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियाले १० वर्षअघि हराएको विमानको फेरि खोजी सुरु गर्ने तयारी गरेको छ । चीनको बेइजिङबाट राजधानी क्वालालाम्पुरका लागि उडान भर्ने क्रममा सन् २०१४ मार्चमा हराएको मलेसिया एयरलाइन्सको एमएच ३७० विमानको फेरि खोजी सुरु गर्ने भएको हो ।

बेइजिङबाट २३९ यात्रुसहित उडेको विमान हराएको घटना आजसम्म पनि रहस्यको गर्भमै छ । वर्षौंसम्म उक्त विमानको खोजीका लागि मेलेसियाले प्रयास गरिरहेको थियो ।

हराएको विमानमा सवार यात्रुका आफन्तले अहिलेसम्म पनि उक्त घटना भुल्न सकेका छैनन् । शुक्रबार मलेसियाका परिवहनमन्त्री एन्थनी लोकेले मन्त्रिपरिषद्ले उक्त विमानको खोजीका लागि अमेरिकास्थित मरिन एक्सप्लोरेशन फर्म ओशन इन्फिनिटीसँग ७ करोड डलरको सम्झौताका लागि अनुमति दिएको जानकारी दिएका छन् ।

बीबीसीका अनुसार विमानको क्षतिग्रस्त भागहरू फेला परेपछि मात्रै मलेसिया सरकारले उक्त सम्झौता रकम ओशन इन्फिनिटीलाई भुक्तानी गर्ने बताएको छ ।

यद्यपि, सन् २०१८ मा ओशन इन्फिनिटीले सोही शर्तमा सुरु गरिएको खोजी अभियान तीन महिनासम्म पनि सफल हुन नसकेपछि बन्द गरिदिएको थियो । -बीबीसीबाट

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ४ : ३९ बजे

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक

गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण : तीन दिन भारतमा के गर्छन् ?

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका

हारले राजनीति सकिँदैन, नयाँ सिराबाट अघि बढ्छु : गुरुराज घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान महामन्त्री गुरुराज घिमिरेले महामन्त्री पदमा पराजित

महामन्त्री जितेपछि डिलाले भनिन्- कांग्रेसलाई एक बनाउन विशेष भूमिका खेल्छु

काठमाडौं– नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले छरिएका कांग्रेस एक बनाएर