दिल्लीमा आरजुले भनिन्‌- ‘पोखरा र भैरहवा विमानस्थललाई हवाई रुट चाहियो’ « Khabarhub

दिल्लीमा आरजुले भनिन्‌- ‘पोखरा र भैरहवा विमानस्थललाई हवाई रुट चाहियो’


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुट चाहेको बताएकी छन् ।

भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित भारत-नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मन्त्री डा. राणाले यस्तो बताएकी हुन् ।

उनले सम्बोधनका क्रममा नेपालले भारतबाट थप हवाई रुटको अपेक्षा गरिरहेको जानकारी त्यहाँ गराएकी हुन्

‘हामीले नेपालका पोखरा र लुम्बिनीमा दुई अन्तर्राष्ट्रिय विमानस्थल बनाएका छौँ । ती दुवै संसारकै लोकप्रिय सहर हुन् । पोखरा पर्यटन नगरी हो भने लुम्बिनी भगवान गौतम बुद्धको जन्मस्थल हो’, उनले भनिन्, ‘ती विमानस्थलबाट पर्यटन मात्र नभएर समग्र सम्पर्क विस्तार गर्न चाहन्छौँ । त्यसैले नेपाल यी दुई विमानस्थललाई पूर्ण क्षमतामा चलाउन थप हवाई रुट चाहेका छौँ।’

नेपालले ती विमानस्थल महङ्गो खर्चमा निर्माण गरेकाले पूर्ण क्षमतामा चलाउन छिमेकीसँग सहयोगको याचना गरिरहेको बताउँदै उनले भारतीय एयरलाइन्सलाई नेपालमा थप उडानका लागि आग्रह गरिन् ।

उनले नेपाल सरकारले भारतका निजी एयरलाइन्सहरूलाई नेपालमा उडानका लागि आग्रह गर्दै नेपाल सरकारले यसका लागि धेरै भन्दा धेरै सहुलियत प्रदान गर्ने जानकारी पनि गराइन् ।

यी विमानस्थलहरू सञ्चालनमार्फत् पर्यटन प्रवर्द्धनसँगै दुई देशका जनता जनताबीचको सम्पर्क र सम्बन्धलाई थप विस्तारित गर्ने मन्त्री डा. राणाले बताइन् ।

नेपालले अतिरिक्त हवाई रुट पाएर दुवै विमानस्थल पूर्ण क्षमताका साथ सञ्चालनमा आउन सके दुवै देशका पर्यटकीय सम्भावना थप उजागर हुने उनको विश्वास छ । यसले दक्षिण एसियाकै कनेक्टिभिटीमा पनि थप सहयोग पुग्ने उनले बताइन् ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  २ : ३५ बजे

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो