आज २०८० साल माघ ६ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल माघ ६ गते शनिबारको राशिफल


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल माघ ६ गते शनिबार तदनुसार सन् २०२४ जनवरी २० तारिख । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ ।

नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ । चन्द्रमा दाहिना छन् । व्यापार र रोजगारीबाट प्रगति हुनेछ । पुरानो रोग बढ्ने देखिन्छ । चिसो मौसम भएकाले तातो कपडा लगाउनु स्वास्थ्यका लागि राम्रो हुन्छ । परिवारको साथ रहनेछ ।

वृष : दैनिकी सामान्य छ । आम्दानीका क्षेत्र सबल छन् । प्रतिस्पर्धी शक्तिशाली देखिन्छन् । प्रेम सम्बन्ध राम्रो बन्नेछ । परिवारको साथ र सहयोग रहने छ ।

मिथुन : समय राम्रो छ । वैदेशिक लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा समस्या रहने भएकाले खानपानमा ख्याल गर्नुपर्छ । शिक्षामा राम्रो प्रतिफल प्राप्त होला । परिवारको झन्झट सुन्नुपर्ने दिन छ ।

कर्कट : दैनिकी सामान्य छ । असहयोग गर्ने धेरै छन् । धार्मिक क्षेत्रको यात्रा रमाइलो हुनेछ । परिवारको साथ रहने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : दिन रमाइलो छ । तर वैदेशिक क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ । धार्मिक क्षेत्रको यात्रा सफल नहुन सक्छ । शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुने योग रहेको छ । परिवारको असन्तुष्टि सुन्नुपर्ने दिन छ ।

कन्या : दिन राम्रो छ । लगानीको क्षेत्र सबल छ । परिवारसँगको समय रमाइलो हुनेछ । प्रतिस्पर्धी पराजित हुनेछन् । प्रेम सम्बन्धका लागि शुभ दिन रहेको छ ।

तुला : सन्तानलाई दिएको शिक्षा उचित नहुँदा गलत व्यवहार गर्न सक्छन् । दाम्पत्य जीवन सामान्य ढंगले चल्नेछ । शिक्षाको क्षेत्रमा धोखा हुने देखिन्छ ।

वृश्चिक : दिन सामान्य छ । झुटा आरोप सुन्नुपर्ने हुन्छ । गणेशको चिन्तन गर्नुहोला । मानसिक चिन्ता हट्नेछन् । हरेक क्षेत्रमा खटपट आए पनि परिवारको साथ र सहयोग राम्रो मिल्नेछ ।

धनु : दिन राम्रो छ । आफू शान्त रहे सबै शान्त हुने योग रहेको छ । तपाईंको बोलीले आफैंलाई अप्ठेरोमा पार्नेछ । शिक्षा र स्वास्थ्य क्षेत्र सबल छ । परिवारसँगको सम्बन्ध सुमधुर रहन्छ ।

मकर : समय सामान्य छ । धेरै राम्रा कामलाई छोडेर एउटा गल्तीको खोजी हुने भएकाले सचेत हुनु राम्रो हुन्छ । परिवारबाट राम्रो साथ मिल्नेछ । प्रेम सम्बन्ध आजका लागि सफल देखिन्छ ।

कुम्भ : दैनिकी सामान्य छ । हरेक क्षेत्र विवादित छन् । आम्दानी भन्दा खर्च बढी हुन्छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा झमेला हुनसक्ने देखिन्छ ।

मीन : समय राम्रो छ । बन्धुबाट सकारात्मक सहयोग हुने योग रहेको छ । परिवारसँगको सम्बन्ध राम्रो हुनाले दिन रमाइलो हुनेछ । अचानक सञ्चित धन खर्च भए पनि अरु सबै पक्ष सबल छन् ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ५ : ४७ बजे

रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिएकाले गभर्नर नियुक्तिमा चलखेल भयो : नेता कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा रेमिट्यान्सका नाममा

दासढुङ्गामा मदनआश्रित स्मृतिसभा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी र

सगरमाथा संवाद : सहरीकरणको प्रमुख समस्या वायुप्रदूषण

काठमाडौं– सरोकारवालाहरूले पछिल्लो समय बढ्दै गइरहेको सहरीकरणसँगै वायुप्रदूषण प्रमुख समस्या

अनियमितता गर्ने १९ सय व्यवसायी तथा उद्योगी कारबाहीमा

जनकपुरधाम – गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको

बाटो मर्मत तथा पुनर्निर्माणमा जापानले सहयोग गर्ने 

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग जापानका उपविदेशमन्त्री इकुइनो