एसियन कप अपडेट : प्रतिस्पर्धामा एसिया प्यासिफिक र मध्यपूर्वका देश | Khabarhub Khabarhub

एसियन कप अपडेट : प्रतिस्पर्धामा एसिया प्यासिफिक र मध्यपूर्वका देश


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

आयोजक कतार एसियन कप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । समूह एमा रहेको कतारले सुरुवाती दुई खेलमा ताजकिस्तानलाई १–० तथा तथा लेबनानलाई ३–० ले हराएको हो ।

यो दुवै टोलीसँग गोलरहित बराबरी गरेको चीन २ अङ्क सहित समूहमा दोस्रो स्थानमा छ ।

समूह बीबाट अस्ट्रेलिया पनि दोस्रो चरणमा प्रवेश गरी सकेको छ । अस्ट्रेलियाले सिरियालाई १–० तथा भारतलाई २–० ले हराएको हो । भारतलाई ३–० ले हराएको उज्बेकिस्तान अर्को खेलमा सिरियासँग गोल रहित बराबरी गरेको छ ।

उज्बेकिस्तान ४ अङ्क सहित समूहमा दोस्रो स्थानमा भने छ भने सिरिया एक अङ्क सहित तेस्रो स्थानमा छ ।
इरान ६ अङ्क सहित समूह सीमा शीर्ष स्थानमा छ । सो समूहमा संयुक्त अरब इमिरेट्स ४ अङ्क सहित दोस्रो स्थानमा छ । इरान पनि दोस्रो चरणमा प्रवेश गरी सकेको छ ।

हङकङ माथि १–० को जित हात पारेको इरानले दोस्रो खेलमा प्यालेस्टाइनलाई ४–१ ले हराएको हो । संयुक्त अरब इमिरेट्सले पहिलो खेलमा प्यालेस्टाइनसँग १–१ गोलको बराबरी गरेको थियो भने अर्को खेलमा हङकङलाई ३–१ ले हराएको हो ।

समूह डी मा भने शुक्रवार जापानलाई २–१ ले हराएको इराक ६ अङ्क सहित शीर्ष स्थानमा उक्लेको छ । यस अघि इराकले इन्डोनेसियासँगको खेलमा ३–१ को जित हात पारिसकेको थियो । जापानसँग बराबरी तीन अङ्क भएको इन्डोनेसियाले भियतनामलाई १–० ले हराएको हो । जापानले पनि भियतनामलाई ४ –२ ले हराएको छ ।

समूहबाट इराक दोस्रो चरणमा प्रवेश गरी सकेको छ भने भियतनाम बाहिरिएको छ । जापान र इन्डोनेसिया बिचको विजेता अर्को चरणमा प्रवेश पाउने छन् ।

समूह इमा भने प्रत्येक टोलीले एक खेल मात्र खेलेका छन् । जोर्डन मलेसियालाई ४–० ले हराउँदै पहिलो स्थानमा भने बहराइनलाई ३–१ ले हराएको दक्षिण कोरिया दोस्रो स्थानमा छ ।

समूह एफमा पनि सबैले एक खेल मात्र खेलेका छन् । क्रिग गणतन्त्रलाई २–० ले हराएको थाइल्यान्ड पहिलो स्थानमा त तथा ओमानलाई २–१ ले हराएको साउदी अरेबिया दोस्रो स्थानमा छन् ।

अहिले जारी प्रतियोगितामा पूर्वी एसियाली देश अरबका केही देशको बिचमा प्रतिस्पर्धी हुने लगभग निश्चित छ । प्रतियोगितामा पहिलो चरणका खेलहरू नै बाकी रहेका कारण विजेताको अनुमान गर्न त्यत्तिकै कठिन हुने नै भयो । आयोजनाको रूपमा नै यस पटकको एसियन कप कप विवादित भने भएन ।

सुरुमा यो अख्तियारी चीनले पाएको थियो । परन्तु कोभिड १९ प्रोटोकल मान्दै लामो समयसम्म जिरो कोभिड नीति अपनाएको चीनले तयारी गर्न नभ्याए पछि अन्ततः  २०२२ को अक्टोबरमा यस संस्करणको एसियन कप फुटबल कतारलाई आयोजना गर्न अवसर दिने निर्णय एसियाली फुटबल महासङ्घले गरेको हो ।

यस अघि सन् १९८८ र २०११ मा कतारले एसियन कप फुटबलको आयोजना गरेको थियो । यस पटकको प्रतियोगिताको स्वरूप र विगतमा २४ टोली रहँदो स्वरूप एउटै राखिएको छ । सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ ।

प्रत्येक समूहमा शीर्ष दुई स्थान पाउने टोली र चार तेस्रो स्थान पाउने टोली दोस्रो चरणमा प्रवेश गर्ने छन् । पहिलो चरणबाट आठ टोली बाहिरिने छन् ।

प्रतियोगिता ९ वटा रङ्गशालामा भई रहेका छन् । यी मध्येका सात रङ्गशाला सन् २०२२ को विश्वकप फुटबल पनि आयोजना भएको थियो ।

यस पटक पनि एसिया प्यासिफिक क्षेत्रमा जापान, दक्षिण कोरिया र अस्ट्रेलियालाई उपाधिको मुख्य दाबेदारको रूपमा हेरिएको छ । पहिलो चरणमा इराकसँगको हारको कारण जापानलाई अप्ठेरो भए पनि बिस्तारै लयमा आउनु र अझै दाबेदारको रूपमा रहन सक्ने अपेक्षा गरिएको छ ।

मध्यपूर्वमा साउदी अरेबिया र साबिक विजेता कतारले नै यी देशलाई चुनौती दिन सक्ने अनुमान गरिएको छ । प्रतियोगिताका सम्पूर्ण खेल ३३ रेफ्री र ३७ असिस्टेन्ट रेफ्रीले खेलाइ रहेका छन् ।

अहिलेसम्म भएका खेलमा उपाधिका दाबेदार मात्र होइन अन्य कमजोर भनिएका देशलाई समेत केही खुसी दिएको छ । यस्तै खसी युवा खेलाडीले भरिएको इन्डोनेसियाको टोलीमा पनि छाएको छ ।

भियतनाम माथिको जित इन्डोनेसियाको एसियन कपमा नै तेस्रो जित हो । यस अघि इन्डोनेसियाले सन् २००७ मा बहराइन माथि २–१ को जित हात पारेको थियो भने सन् २००४ मा कतारलाई २–१ ले हराएको थियो ।
शुक्रवार मात्र एजुकेसन सिटी रङ्गशालामा जापानलाई हराए पछि इराकी टोलीका प्रशिक्षक जेसस कासासले टोली पूर्ण रूपमा सक्षम भएको प्रतिक्रिया दिएका छन् । एसियन कप फुटबलको यस साताको सबै भन्दा रोमाञ्चक खेलमा इराकका लागि दुवै गोल अयुमान हुसेनले गरेका थिए । सन् २००७ मा पनि इराक च्याम्पियन बनेको थियो ।

यस प्रतियोगितामा पहिलो चरण चली रहेका कारण कुन खेलाडी कस्तो लयमा रहने भन्ने अनिश्चित नै हो । परन्तु दक्षिण कोरियामा सुन हुयङ मिन र किम मिन जाये हेर्न लायक खेलाडी हुन् । ह्याम्बर्ग र वायर लिभरकुसेनका लागि बुन्डेसलीगा खेली सकेका यी ३१ वर्षीय फरवार्ड इङ्गलिस प्रिमियर लिग क्लब टोटनहाम हस्टस्पर्सका भरपर्दा खेलाडी हुन् ।
कुनै समय डिएगो म्याराडोनाको क्लबको रूपमा परिचित नेपोलीले संयोग नै मान्नु पर्छ सन् १९९० यता गत वर्ष मात्र सिरिए उपाधि जितेको थियो । नेपोलीको सोही यात्राका सहयात्री किम मिनजाये गत वर्ष एसियाली वर्ष खेलाडी पनि भएका थिए ।

एसियाका अर्का स्टार सलिम अल दसवारी हुन् । कतारमा नै भएको विश्वकपमा साउदी अरेबियाको अर्जेन्टिना माथिको जितमा मुख्य नायक ठहरिएका सलिम अल दसवारी माथि यस एसियन कपमा पनि धेरैको आशा रहेको छ ।

रोयल सोसिडाडका लागि खेल्ने गरेका जापानका ताकेफुसा कुबो यस एसियन कप फुटबलका अर्का हेर्न लायक खेलाडी हुन् । टोक्यो एफसीमा १५ वर्षको उमेरमा सहभागिता जनाएका उनले कम उमेरमा नै गोल पनि गरेका थिए ।

स्पेनमा बार्सीलोना र रियल म्याड्रिड्को उम उमेरमै उनी प्रतिको चासोले कुबाको क्षमता पुष्टि गरेको छ । साउद उनकै उत्कृष्ट खेलसँगै जापानको यात्रा अघि बढ्ने छ ।

इरानका मेहदी तारेमी, जापानका काउरो मितोमा, कतारका अक्रम अफीक जापानका अतुरो इन्फोका साथमा दक्षिण कोरियाका ली काङ इन र साउदी अरेबियाका लुकास अल बुकारियन यस एसियन कपका अन्य हेर्न लायक खेलाडी हुन् ।

यस प्रतियोगिता अब कसरी अगाडि जाने भन्ने कुरा गर्न त १० फेब्रुअरीकै दिनसम्म प्रतीक्षा गर्नु पर्ने हुन्छ ।

तथापि धेरै एसियाली युरोपेली लिगमा प्रभाव जमाइ रहेको समयमा भएको यस महादेशीय च्याम्पियनसिप कापा अमेरिका र युरो कपको तुलनामा एकदमै कमजोर भने पक्कै छैन ।

श्रोत : एफसी, अल जजीरा , हिन्दुस्तान टाइम्स

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ८ : ०१ बजे

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका