घर वरिपरि तित्रीको बोट किन रोप्नु हुँदैन ? « Khabarhub

घर वरिपरि तित्रीको बोट किन रोप्नु हुँदैन ?


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वास्तुशास्त्र एक प्राचीन शास्त्र हो । यसले आफ्ना घर वरिपरिको वातावरणदेखि लिएर घर कसरी र कस्तो बनाउने कुन दिशामा के राख्ने भनेर पनि दिशा निर्देशन गर्दछ ।

वास्तुशास्त्र अनुसार घर वा आसपासको वातावरण वास्तु अनुरूप भए शुभ हुने मान्यता छ ।

वास्तुशास्त्रमा कुनै बोट बिरुवाहरू घर वरिपरि राख्दा निकै शुभ हुने मान्यता छ भने केही बोटबिरुवाहरू घर वरिपरि रोप्दा अशुभ हुने मान्यता रहेको छ । त्यसैले आज हामी घर वरिपरि रोप्न नहुने बिरुवा तित्रीको बोटको बारेमा चर्चा गर्नेछौँ ।

तित्री शारीरको स्वास्थ्यका लागि लाभकारी नै मानिन्छ । स्वास्थ्यका हिसाबले यसले तौल कम गर्न पनि मद्दत गर्छ । अमिलो चटनी बनाउनका साथै अचारमा स्वाद बढाउन पनि तित्री सहयोगी बन्छ ।

यसमा भिटामिन सी, ई, बी, क्याल्शियम, आइरन, म्याग्नीज, पोटाशियम, फस्फोरस र फाइबर जस्ता पदार्थहरु पाइन्छ । जसले बोसो पगाल्न मद्दत गर्छ । तर वास्तुशास्त्रले तित्रीको बोट अशुभ मानेको छ ।

वास्तुशास्त्र अनुसार घर वा आसपास तित्रीको बोट भए नकारात्मक ऊर्जा उत्पन्न हुने विश्वास गरिन्छ । जसका कारण घरका सदस्य बिरामी पर्न सक्ने, आपसी मनमुटाब बढ्ने मान्यता छ ।

तित्रीको बोट घर वा आसपासमा रोप्न नहुने वास्तुको मान्यता छ । अन्यथा यसबाट उत्पन्न हुने नकारात्मक ऊर्जाका कारण परिवारका सदस्यहरुबीच आपसी मनमुटाब बढ्ने विश्वास गरिन्छ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ९ : १९ बजे

त्रिभुवन विमानस्थल क्षेत्रबाट यात्रुलाई दुःख दिने १८ जना पक्राउ

काठमाडौँ– प्रहरीले त्रिभुवन विमानस्थल क्षेत्रबाट १८ जनालाई पक्राउ गरेको छ

नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

काठमाडौँ– मानिसको जीवनको यात्राले कहिलेकाहीँ यस्तो मोड ल्याउँछ, जहाँ बाटो

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना