घर वरिपरि तित्रीको बोट किन रोप्नु हुँदैन ? « Khabarhub

घर वरिपरि तित्रीको बोट किन रोप्नु हुँदैन ?


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वास्तुशास्त्र एक प्राचीन शास्त्र हो । यसले आफ्ना घर वरिपरिको वातावरणदेखि लिएर घर कसरी र कस्तो बनाउने कुन दिशामा के राख्ने भनेर पनि दिशा निर्देशन गर्दछ ।

वास्तुशास्त्र अनुसार घर वा आसपासको वातावरण वास्तु अनुरूप भए शुभ हुने मान्यता छ ।

वास्तुशास्त्रमा कुनै बोट बिरुवाहरू घर वरिपरि राख्दा निकै शुभ हुने मान्यता छ भने केही बोटबिरुवाहरू घर वरिपरि रोप्दा अशुभ हुने मान्यता रहेको छ । त्यसैले आज हामी घर वरिपरि रोप्न नहुने बिरुवा तित्रीको बोटको बारेमा चर्चा गर्नेछौँ ।

तित्री शारीरको स्वास्थ्यका लागि लाभकारी नै मानिन्छ । स्वास्थ्यका हिसाबले यसले तौल कम गर्न पनि मद्दत गर्छ । अमिलो चटनी बनाउनका साथै अचारमा स्वाद बढाउन पनि तित्री सहयोगी बन्छ ।

यसमा भिटामिन सी, ई, बी, क्याल्शियम, आइरन, म्याग्नीज, पोटाशियम, फस्फोरस र फाइबर जस्ता पदार्थहरु पाइन्छ । जसले बोसो पगाल्न मद्दत गर्छ । तर वास्तुशास्त्रले तित्रीको बोट अशुभ मानेको छ ।

वास्तुशास्त्र अनुसार घर वा आसपास तित्रीको बोट भए नकारात्मक ऊर्जा उत्पन्न हुने विश्वास गरिन्छ । जसका कारण घरका सदस्य बिरामी पर्न सक्ने, आपसी मनमुटाब बढ्ने मान्यता छ ।

तित्रीको बोट घर वा आसपासमा रोप्न नहुने वास्तुको मान्यता छ । अन्यथा यसबाट उत्पन्न हुने नकारात्मक ऊर्जाका कारण परिवारका सदस्यहरुबीच आपसी मनमुटाब बढ्ने विश्वास गरिन्छ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ९ : १९ बजे

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय