नेपालका चर्चित सिनेमाटोग्राफरलाई सलाम ! « Khabarhub

नेपालका चर्चित सिनेमाटोग्राफरलाई सलाम !



नेपालमा पहिलो फिल्म ‘आमा’ बन्ने भएपछि भारतबाट क्यामेराम्यान देउजी भाइलाई बोलाइयो । नेपालबाट बनेको पहिलो निजी क्षेत्रको फिल्म ‘माइतीघर’का लागि पनि भारतबाट नै क्यामेराम्यान बोलाइयो ।

तर, शाही नेपाल चलचित्र संस्थानले पहिलो फिल्म बनाउने भएपछि बैकुण्ठमान मास्केलाई क्यामेराम्यानका रूपमा प्रस्तुत गरियो र नेपाली चलचित्रको पहिलो क्यामेराम्यान भनेर पनि उहाँलाई भन्न सकिन्छ ।

मास्केपछि नेपालको पहिलो रंगीन कथानक चलचित्र खिच्ने श्याममोहन श्रेष्ठको चर्चा आउँछ । श्रेष्ठले पहिलो कथानक चलचित्र रंगीन कुमारीलाई खिच्नुभयो । त्यसपछि प्रकाश थापाको दोस्रो फिल्म सिन्दूरलाई छयांङ्कन गर्नुभयो । श्याममोहन श्रेष्ठको छयाङ्कनको चर्चा धेरै बर्षसम्म रह्यो ।

श्रेष्ठपछि जीवनरेखाका लागि क्यामेराम्यानका रूपमा मञ्जुकुमार श्रेष्ठ आउनुभयो । श्रेष्ठले पनि धेरै नेपाली फिल्महरूको छायांकन गर्नुभयो र उहाँ एक निर्देशकका रूपमा पनि प्रस्तुत हुनुभयो ।

मञ्जुकुमार श्रेष्ठ, श्याममोहन श्रेष्ठ र वैकुण्ठ मास्केका बीचमा एउटा समन्वय, यी तीनैजना शाही नेपाल चलचित्र संस्थानसँग आवद्ध थिए ।

शाही नेपाल चलचित्र संस्थानसँग आवद्ध भएर अन्य क्यामेराम्यानका रूपमा मुरारी ठाकुर, जाबेत शाह र रामशंकर प्रधान लगायत धेरै छायाकारहरुले कोही नेपालमै सिकेका, कोही भारतको पुनेस्थित भारतीय फिल्म र टेलिभिजन संस्थान गएर सिकेका हुन् । तर, यीमध्ये जाबेत साहले रुसमा गएर छायांकन सिकेर आउनुभयो । उहाँले नेपाली फिल्महरू धेरै छयांङ्कन गर्नुभएको छ ।

मैले निर्देशन गरेका मेरा चलचित्रहरू सीमाना, अवतार, रानीखोला जस्ता पनि उहाँले खिच्नुभयो । शाहले छायांकनका रूपमा चलचित्रमा एउटा युग बनाउनुभयो, त्यसैगरी उहाँले आफ्ना सहायकका रूपमा धेरैलाई प्रशिक्षित गर्नुभयो त्यसमध्ये एक नाम हो– विदुर पाण्डे ।

पाण्डेलाई सीमाना फिल्ममा सहायकका रूपमा ल्याउनुभयो । पछि नेपालमा डिजिटल फिल्म बन्न सुरु भएपछि पहिलो डिजिटल फिल्म पनि पाण्डेले नै खिच्नुभयो । पाण्डेलाई क्यामेराम्यान बनाउनुमा सबै भन्दा महत्त्वपूर्ण भूमिका जाबेत शाहको छ ।

पहिलोपटक चलचित्रमा अभिनय गर्दै गरेका राजेश हमाललाई पनि पर्दामा आउँदा शाहले खिच्नुभयो । यस्ता धेरै कलाकारहरू छन्, जसले पहिलो पटक क्यामेरा फेस गर्दा जाबेत साह क्यामेराम्यान हुनु हुन्थ्यो ।

नेपालका क्यामेराम्यानको कुरा गर्दा दुईवटा नेपाली फिल्म, जो भारतबाट बनेर नेपालमा प्रदर्शन भए, जसले पछि भारत र नेपालको संयुक्त लगानीको रेकर्ड राखे, पहिलो सम्झना र दोस्रो कुसुमे रुमाल । यी दुवै फिल्म भारतमा सङ्घर्ष गर्दै गरेका निर्देशकहरू शम्भु प्रधान र तुल्सी घिमिरेले निर्देशन गरेका हुन् । यी दुवै फिल्मका क्यामेराम्यानका नामका रूपमा विनोद प्रधानको नाम आउँछ ।

विनोद प्रधान पश्चिम बङ्गालको पहाडी राज्य दार्जीलिङको कालिङपोङमा जन्मिएका हुन् । कालिङपोङमा उनको आफ्नै पिताको ओम स्टुडियो नाम फोटो स्टुडियो थियो । प्रधानले शाही नेपाल वायु सेवा निगमबाट प्रदान गरिने फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियाको कोटामा पुने इन्स्टिच्युटमा गएर सिनेमाटोग्राफी पढे ।

त्यहाँ उनले भारतका प्रसिद्ध फिल्महरूमा छायांकन गरे । जसमा उनले कुन्दन शाहको फिल्म जाने भि दो यारोे, परिन्दा, रंग दे बसन्ती, थ्रि इडियड्स., खामोस जस्ता फिल्महरू खिचे । त्यसमध्ये एउटा अर्को महत्त्वपूर्ण फिल्म देवदास पनि हो ।

प्रधानले नेपाली फिल्मको सिनेमाटोग्राफीहरुमा केही फरक शैली ल्याउनमा अहम् भूमिका निर्वाह गरे । नेपालमा बनेकासपना, तृष्णा जस्ता फिल्ममा पनि उनले छायांकन गरे ।

विनोद प्रधान नेपाली फिल्म सुटिङ गर्दा पुरै फिल्म खिच्न भ्याउँदैनथे । कहिले काहीँ उनी सुरुवातका केही कठिन र गाह्रो दृश्य खिचेर मुम्बई फर्किहाल्थे ।

सपना नामक एउटा फिल्ममा उनले छाडेर गइसकेपछि त्यसमा ५ जना क्यामेराम्यानले फिल्म छयांङ्कन गर्नुपर्ने अवस्था आयो । त्यसैगरी तृष्णा फिल्म पनि उनले मूल दृश्यहरू खिचेर गइसकेपछि उनका भाइ प्रमोद प्रधान र उनका सहायक हरी रायले छयांकन गरे । विनोद प्रधानले लाहुरेमा पनि निकै राम्रो छयांकन गरेका थिए ।

नेपाली सिनेमाको क्यामेराम्यानका नाममा नेपाली सिनेमालाई पर्दामा हेर्न लालायित बनाउने क्यामेराम्यानमध्ये साइनो फिल्मका क्यामेरा मेन मुनिर खानको पनि चर्चा हुन्छ । मुनिर खान फिरोज खानको एफ के इन्टरनेश्नलका क्यामेरा मेन हुन् ।

उनी पहिले देखि नै नासिर हुसेनका फिल्महरूमा क्यामेराम्यानका रूपमा आबद्ध थिए । ‘हम किसि से कम नही हे’ जस्ता फिल्महरूमा उनले काम गरे । मुनिर खानले साइनोमा १६ एम एमको क्यामेरामा ३५ को जुन क्वालिटी दिएका थिए, त्यो ऐतिहासिक नै मान्नुपर्छ ।

नेपाली सिनेमाको लामो यात्रामा नेपालको क्यामेराम्यानले जुन रेकर्ड राखेका छन्, त्यस्तै भारतको बलिउडबाट आएका क्यामेराम्यानले पनि नेपाली फिल्मलाई सक्दो उचाइ दिने काम गरेका छन् ।

भारतका केही क्यामेरामेन मध्य ‘मिन मोए रोय’ को नाम पनि लिन सकिन्छ । उनले किशोर राणाको कर्जा र मैले निर्देशन गरेको पहिलो फिल्म पृथ्वीमा छायांकन गरेका थिए ।

नेपाली चलचित्रको इतिहासमा नेपालका क्यामेराम्यानहरु मध्ये वैकुण्ठमान मास्के, श्याममोहन श्रेष्ठ, मञ्जु कुमार श्रेष्ठ, मुरारी ठाकुर, रामशंकर प्रधान, दीपक बज्राचार्य र राजु विक्रम थापा यी धेरै नाममध्ये एउटा नाम हो– मञ्जु कुमार श्रेष्ठ ।

उहाँले प्रकाश थापाजस्तो निर्देशकसँग आफ्नो चलचित्रको जुन यात्रा गर्नुभयो र थापाको फिल्मको निर्देशन, त्यो कठिन घडीमा उत्रेका कलाकारहरुलाई संयोजन गर्न एउटा क्यामेराम्यानका रूपमा जुन भूमिका निर्वाह गर्नुभयो, त्यो अतुलनीय छ ।

तर, मञ्जुकुमार श्रेष्ठको सहायकका रूपमा आएका क्यामेराम्यानहरुले पनि त्यतिकै अहम् भूमिका निर्वाह गर्नुभएको छ । जुनबेला मञ्जु कुमारले काम गर्नु हुन्थ्यो, त्यो समय अहिले जस्तो क्यामेराम्यानको रोल सजिलो थिएन । क्यामेराम्यानसँग फोकस पोलर, म्यागेजिन लोडर, क्यामेरासँग नाग्रा अलगै जोडिएको हुन्थ्यो ।

यी धेरै कारणले गर्दा त्यतिबेला बनेका फिल्महरूमा एउटा कठिनता बेलामा पनि उहाँले प्रकाश थापासँग काम गरेका फिल्महरूमध्ये सिन्दूर र जीवन रेखालाई अहम् मान्न सकिन्छ । ती फिल्महरूमा थुप्रै किसिमका कठिनाइहरू थिए ।

त्यतिबेला शाही नेपाल चलचित्र संस्थानभित्रको व्यवस्थापकीय पक्ष तलमाथि भइरहेको थियो । महाप्रबन्धक र उपमहाप्रवन्धकको द्वन्द्व चलिरहेको थियो । कलाकारहरू फेरिँदै थिए । सिनेमाको सुटिङ डेट लम्बिएर नायिकाले मुद्दा हालिरहेको अवस्था थियो । यस्तो अवस्थाका बीचमा पनि प्रकाश थापासँग मञ्जु कुमार श्रेष्ठको ट्युनिङ गज्जपको थियो ।

नेपाली सिनेमाको इतिहासमा मञ्जुकुमार श्रेष्ठ, श्याम मोहन श्रेष्ठ र वैकुण्ठमान मास्केको नाम कहिल्यै भुल्न सकिँदैन । त्यसैगरी पछि आएका क्यामेराम्यानहरु दीपक ढकाल, राजुविक्रम थापा, जाहबेत शाह र दीपक बज्राचार्यको पनि अतुलनीय योगदान छ ।

सिनेम्याट्रोग्राफरको एउटा अतुलनीय भूमिका भनेको ऊ निर्देशकको आँखा हो । निर्देशकलाई हेर्न सक्ने, निर्देशकको मनभित्र भएको क्षमतालाई खिच्न सक्ने क्षमता भएको हुनाले एउटा क्यामेराम्यान साहित्य बुझ्ने, कलाकारको मनोभाव बुझ्ने हुनुपर्छ ।

कलाकारसँग निर्देशक कठिन रूपमा काम गरिरहेको छ भने पनि क्यामेराम्यानले त्यसलाई संयोजन गर्नुपर्ने हुन्छ । हाम्रा फिल्मका कयौँ नृत्य निर्देशकहरू कलाकारलाई सुटिङ स्पोर्टमा अत्यन्त कडाइ गर्ने वा गाली गर्ने वा निकै कठोर बचनले सिकाउने हुनाले पनि क्यामेराम्यानले बेला बेलामा त्यो कलाकार र कोरियोग्राफरसँग पनि समन्वय गर्नुपर्ने हुन्छ ।

यो हिसाबले नेपाली फिल्ममा देखा परेका क्यामेराम्यानहरुको एउटा भूमिका त छँदै छ, तर उनले भोग्नुपरेका ती मानक इतिहासको चुनौती पनि एकातिर छ । क्यामेराम्यान र निर्देशकका बीचमा राम्रो समन्वय नभएसम्म राम्रो फिल्म बन्दैन । हामीले फिल्म इतिहासको लामो कालखण्डको अघिल्लो इनेड्लोरेन्स वा पहिलो दशकमा बनेको फिल्मलाई हेर्दा त्यो फिल्मको क्यामेरा मेन र निर्देशकका बीचको समन्वयले लामो ट्रलिसट लिएको छ । त्यसको इतिहास त विकराल चर्चायोग्य भएको छ ।

फिल्मलाई क्लोजअप लङसपमा व्याख्या गर्ने डेबिट वा ग्रिफिकका क्यामेराम्यान वा अर्सन वयल्स जो ५० वर्षको फिल्मको इतिहासमा ८५ वर्ष उहाँको फिल्म सिर्जना गर्ने हरेक १० वर्ष प्रथम श्रेणीमा आयो । त्यस फिल्मका निर्देशक अर्सन वयल्सको द ट्रायलका क्यामेरामेनको कुरा गर्दा क्यामेरा मेन र निर्देशकबीच कस्तो समन्वय हुनुपर्छ भन्ने मञ्जु कुमार श्रेष्ठले प्रकाश थापासँग र विनोद प्रधानले शम्भु प्रधान तुल्सी घिमिरेसँग गजबको समन्वय राख्नुभएको छ । किनकि डाइरेक्टर्स आइ भनेर चिनिने क्यामेराम्यान सदैव फिल्मको अग्रमोर्चामा रहन्छ ।

मौसमसँग, प्रकाशसँग, वा बिजुली बत्तीसँग, कलाकारले सबैसँग समन्वय हुने तरिकाले काम गर्नुपर्ने हुनाले क्यामेरामेन सदैव निर्देशकका लागि सुरक्षाको कवच जस्तै हो । नेपाली सिनेमाका ती धेरै क्यामेराम्यानहरुप्रति हार्दिक सम्मान ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ९ : ५६ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि