अमेरिकी जहाजमा १४ वर्षे बालिकाको अश्लिल फिल्म बनाएपछि… « Khabarhub

अमेरिकी जहाजमा १४ वर्षे बालिकाको अश्लिल फिल्म बनाएपछि…


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी हवाई जहाजमा अश्लिल फिल्म बनाएको आरोपमा एक जना पक्राउ परेका छन् ।  अमेरिकी सञ्चारमाध्यमका अनुसार एक अमेरिकी एयरलाइन्सको उडान परिचारकले बाल अश्लीलताको आरोपको सामना गर्नुपरेको छ ।

हवाईजहाजमा १४ वर्षीया बालिकालाई गोप्य रूपमा अश्लिल फिल्म बनाएको र सो कार्य महिला शौचालय प्रयाेग गरिएकाे खुले पछि उनलाई पक्राउ गरिएको छ ।

सो फिल्म बनाएको आरोपमा एस्टेस कार्टर थम्पसनलाई लिन्चबर्ग, भर्जिनियाबाट गिरफ्तार गरिएको छ ।

उनी माथी नाबालिग यौन शोषणको प्रयास गरेको तथा नाबालिगलाई चित्रण गर्ने गरी बाल पोर्नोग्राफी बनाएको आरोपमा मुद्धा चलाईएको छ ।  म्यासाचुसेट्समा अमेरिकी अटर्नीको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार उनीलाई हदैसम्म कारबाही गरिनेछ ।

‘थम्पसनलाई गरेको कार्य घृणित र अपमानजनक छ र हामी विश्वास गर्छौं, यस्तो कार्य कम्तिमा पाँच उडानहरूमा भएको पत्ता लागेको छ,’ जोडी कोहेन, एफबीआईको बोस्टन फिल्ड अफिसका प्रभारी विशेष एजेन्टले भने ।

थम्पसनलाई सेप्टेम्बर २०२३ मा चार्लोट, नर्थ क्यारोलिना, बोस्टन र  बोस्टनको उडानको चालक दलमा काम गरिरहेको बेला १४ वर्षीय बालिकासँग अश्लिल फिल्म बनाएका थिए ।

सो घटनाको खुलासा भए पछि थम्पसनलाई तुरुन्तै सेवाबाट रोकिएको थियो र त्यसपछि अमेरिकी एयरलाइन्सको लागि उनले काम नगरेको सो कम्पनीले जनाएको छ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ११ : २१ बजे

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय