भैरहवा नाकाबाट निर्यात ५४ प्रतिशतले वृद्धि « Khabarhub

भैरहवा नाकाबाट निर्यात ५४ प्रतिशतले वृद्धि


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– मुलुक कै दोस्रो ठुलो र लुम्बिनी प्रदेशको पहिलो भन्सार नाका भैरहवा भन्सार कार्यालयले २ वर्ष देखि राजश्व लक्ष्य पार गर्न सकस परेको छ ।

२०७८ पुस ५ गतेबाट लागू हुने गरी नेपाल राष्ट्र बैकले १८ वटा शीर्षकका विलासिताका वस्तुहरूको आयातमा अनिवार्य प्रतित पत्र (एल.सी.) खोलेर शतप्रतिशत र दुई वटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेसँगै आयातमा कमी हुँदै आएको हालसम्म पनि कार्यालयले विभागबाट पाएको लक्ष्य पार गर्न सकेको छैन् ।

कार्यालयलाई भन्सार विभागले आर्थिक वर्ष २०८०-८१ का लागि एक खर्ब २७ अर्ब ८३ करोड ६६ लाख ७९ हजार राजस्व संकलन लक्ष्य दिएकोमा चालु आर्थिक वर्षको ६ महिनामा ३९ अर्ब १४ करोड १२ लाख ३३ हजार रुपैयाँ अर्थात ३० दशमलव ६२ प्रतिशत राजस्व मात्रै संकलन गरेको हो ।

भन्सार कार्यालयको तथ्याङ्क अनुसार २०७७-७८ पछि लक्ष्य अनुसारको राजश्व संकलन हुन सकेको छैन् । वर्षेनी बजेटको आकार बढेकोले स्रोतको सुनिश्चितताका लागि भन्सारको लक्ष्य पनि बढ्ने गरेको छ । तर लक्ष्य थपिए पनि सो अनुसारको राजश्व संकलन भने हुन पाएको छैन ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७७-७८ मा लक्ष्य भन्दा १३ प्रतिशत बढि राजश्व संकलन भएपनि त्यसयता यो अनुपात घट्दै गएको छ । आर्थिक वर्ष २०७८-७९ मा लक्ष्यको ९१ प्रतिशत, २०७९-८० लक्ष्यको ४९ प्रतिशत र आर्थिक वर्ष २०८०-८१को ६ महिनामा लक्ष्यको ३०.६२ प्रतिशत मात्रै राजश्व संकलन भएको भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्र प्रसाद चौधरीले जानकारी दिए ।

भन्सार विभागले लक्ष्य पार नभएपनि चालु वर्षका लागि विगतको वर्ष भन्दा बढि लक्ष्य कार्यालयलाई दिएको छ । कार्यालयले २०७८ मंसिर सम्म लक्ष्य अनुरूप सफलता हासिल गर्दै गएपनि पुस ५ गतेबाट लागू भएको प्रावधानले आयातमा कमी हुँदै आएको हो । पुष महिना यता हाल सम्म (२ वर्ष) लक्ष्य अनुरूपको सफलता हासिल गर्न सकेको छैन ।

भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले पछिल्लो ६ महिनामा यस कार्यालय हुँदै ६ अर्ब ९२ करोड ५७ लाख ७ हजार बराबरको बस्तु निकासी भएको बताए ।

गत वर्ष भन्दा यस अवधिमा ४ अर्ब ४८ करोड ९८ लाख ८१ हजार बराबरको बस्तु निर्यात भएकोमा यस वर्ष ५४ प्रतिशतले वृद्धि भएको छ । यस्तै आयात मूल्यतर्फ गत वर्षको यो अवधि भन्दा ६ प्रतिशतले आयात मूल्य बढेको छ । गत वर्ष यो अवधि सम्म ३५ अर्ब ४४ करोड २२ लाख ५५ हजार रुपैयाँ राजश्व संकलन भएकोमा अहिले १० प्रतिशतले बढेको कार्यालय प्रमुख गौतमले बताए ।

कार्यालयका अनुसार यस नाकाबाट पछिल्लो ६ महिनामा भित्रिने बस्तु मध्ये सबैभन्दा बढी राजस्व मोटरसाइकलबाट ४ अर्ब ७१ करोड २ लाख ४५ हजार राजस्व संकलन भएको छ ।

यस्तै, जीप, कार र भ्यानबाट ३ अर्ब ८८ करोड २३ लाख १७ हजार, पेट्रोलबाट १ अर्ब ७८ करोड ३२ लाख १५ हजार, हाइस्पीड डिजेलबाट १ अर्ब २० करोड १३ लाख १९ हजार, इलेक्ट्रीक कार जीप भ्यानबाट १ अर्ब १८ करोड ७ लाख ४५ हजार, ग्लेज टाइलबाट १ अर्ब १६ करोड २३ लाख ५७ हजार, एलपी ग्यासबाट ८० करोड ३२ लाख १७ हजार, एम.एस. विलेटबाट ८० करोड १८ लाख ३८ हजार, मार्बल स्याल्याबबाट ७९ करोड ९२ लाख २५ हजार र मोबाइल टेलिफोनबाट ७८ करोड ४६ लाख ४७ हजार राजस्व संकलन भएको छ ।

भैरहवा भन्सार कार्यालय निर्यात लक्षित भन्सार नरहेको कारण यहाँबाट न्यून रुपमा निर्यात हुने गरेको छ । पछिल्लो ६ महिनामा कार्यालयबाट १ अर्ब ५० करोड मूल्य बराबरको सेन्थेटिक यार्न निर्यात भएको छ । त्यस्तै ७५ करोडको २२ लाखको खैरो सिमेन्ट, ६८ करोड ४३ लाखको सिमेन्ट किलिन्कर, ३८ करोडको वनस्पति उत्पादन, ३४ करोडको रेजीन, ३३ करोडको पिना, २४ करोडको अदुवा र सुठो, २३ करोडको चाउचाउ, २० करोडको प्लाइउड र १७ करोडको चोकर, भुस निर्यात भएको छ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ७ : ५२ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण