जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’ « Khabarhub

जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम्‌ जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संविधानमार्फत मुलुकले गणतन्त्र, सङ्घीयता, समानुपातिक समावेशीतालगायतका उपलब्धि प्राप्त गरेकाले यसको रक्षा जरुरी भएको बताएका छन्‌ ।

आज (शनिबार) जनकपुरधाममा आयोजित कार्यकर्ता प्रशिक्षण तथा शुभकामना कार्यक्रममा डा .राउतले प्रदेश सरकारलाई पूर्ण अधिकार दिनुपर्ने र प्रदेशहरुको सिमाङ्कन पनि सच्याउनुपर्ने आवश्यकता रहेकोमा जोड दिएका हुन्‌ । उनले संविधान संशोधन गरी नागरिकका थप अधिकार समेट्न आवश्यक रहेको बताए ।

कार्यक्रममा पार्टीका सङ्गठन विभाग प्रमुख डा जयकान्त राउत, राष्ट्रिय उपाध्यक्ष एवं मधेस प्रदेशसभा सदस्य ई वसन्त कुशवाहा, प्रतिनिधिसभा सदस्य अनिता देवी साह, कार्यकारिणी सदस्य शम्भुनाथ साहलगायतले पार्टी सङ्गठनलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता रहेकोे बताए ।

कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रेखा मण्डल, इन्द्रजीत यादव, केन्द्रीय सदस्य किलेश मण्डललगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  १० : ४६ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक