जनकपुर पुगेर सिके राउतले भने - ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’ | Khabarhub Khabarhub

जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम्‌ जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संविधानमार्फत मुलुकले गणतन्त्र, सङ्घीयता, समानुपातिक समावेशीतालगायतका उपलब्धि प्राप्त गरेकाले यसको रक्षा जरुरी भएको बताएका छन्‌ ।

आज (शनिबार) जनकपुरधाममा आयोजित कार्यकर्ता प्रशिक्षण तथा शुभकामना कार्यक्रममा डा .राउतले प्रदेश सरकारलाई पूर्ण अधिकार दिनुपर्ने र प्रदेशहरुको सिमाङ्कन पनि सच्याउनुपर्ने आवश्यकता रहेकोमा जोड दिएका हुन्‌ । उनले संविधान संशोधन गरी नागरिकका थप अधिकार समेट्न आवश्यक रहेको बताए ।

कार्यक्रममा पार्टीका सङ्गठन विभाग प्रमुख डा जयकान्त राउत, राष्ट्रिय उपाध्यक्ष एवं मधेस प्रदेशसभा सदस्य ई वसन्त कुशवाहा, प्रतिनिधिसभा सदस्य अनिता देवी साह, कार्यकारिणी सदस्य शम्भुनाथ साहलगायतले पार्टी सङ्गठनलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता रहेकोे बताए ।

कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रेखा मण्डल, इन्द्रजीत यादव, केन्द्रीय सदस्य किलेश मण्डललगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  १० : ४६ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग