बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार « Khabarhub

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव प्रदीप अधिकारीलाई बिदाइ गरेका छन्‌ ।

महानगरमा ७ महिना २५ दिन प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका परियारले ‘प्रमुख प्रशासकीय अधिकृतको प्रगति प्रतिवेदन’ बुझाएर बिदाइ लिएका हुन् ।

मन्त्रिपरिषद्‌ बैठकले परियारलाई २०८० माघ ३ गते काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरेको थियो । मेयर शाहले नै प्रमुख प्रशासकीय अधिकृतमा परियारको नाम संघीय मामिला तथा प्रशासन मन्त्रालयमा सिफारिस गरेका थिए । त्यसअघि परियार राष्ट्रिय योजना आयोगमा कार्यरत थिए ।

अघिल्लो बिहीबार (भदौ २७) मा सरकारले काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतसहित ४० जना सहसचिवको सरुवा गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र महानगर प्रमुख शाहबीच विवाद बढिरहेका बेला सरकारले काठमाडौं‌ महानगरका प्रमुख प्रशासकीय अधिकृत  पनि परिवर्तन गरिदिएको थियो ।

महानगरका प्रशासकीय अधिकृत परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै काठमाडौं महानगरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सरोजप्रसाद गुरागाईंलाई पठाउने निर्णय सरकारले गरेको छ ।

महानगरबाट सरुवा भएर जाँदा परियारले आफूसँग भएका अभिलेख तथा संस्थागत सूचना र सम्पन्न कामको अभिलेखन हस्तान्तरण प्रणाली थालनी गर्दै संस्थागत सुदृढीकरणमा सहयोग हुने अपेक्षा राखी प्रतिवेदन बुझाएका काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ९ : ३१ बजे

गोसाइँकुण्डमा बरफ जमेपछि सावधानी अपनाउन आग्रह

रसुवा – रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड क्षेत्रमा बढेको चिसोका कारण

मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत

विराटनगर – नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश समितिले चार जना

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदे

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट

तेहरान – इरानको खाडी तटमा रहेको बन्दर अब्बास शहरको एक

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न