आज २०८० साल फागुन ८ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८० साल फागुन ८ गते मंगलबारको राशिफल


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल फागुन ८ गते मंगलबार तदनुसार सन् २०२४ फेब्रुअरी २० तारिख। माग कृष्ण पक्षको एकादशी तिथि। आज भिमा एकादशी व्रत। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दैनिकी राम्रो छ। तपाईंको बोलीले समाजमा राम्रो प्रभाव पार्नेछ। परोपकार गर्ने मौका मिल्नेछ। नयाँ साथीसँगको भेटले मन खुशी हुनेछ। परिवारमा विश्वासको खडेरी हुनसक्छ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

वृष : गुम्न लागेको धन हात लाग्ने योग रहेको छ। साथी सकारात्मक छन्। लगानी रहेको क्षेत्रमध्ये वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। पारिवारिक क्षेत्रमा साथ र सहयोग रहनेछ।

मिथुन : समाजमा बोलीको प्रभावले अरुलाई मख्ख पार्न सकिनेछ। आर्थिक र सामाजिक क्षेत्र सबल छन्। पारिवारिक क्षेत्रमा साथ र सहयोग रहनेछ। अचानक रोगको प्रकोप बढ्नसक्छ। खानपानमा ख्याल गर्नु राम्रो हुन्छ।

कर्कट : दैनिकी राम्रो छ। संघर्ष गरेका क्षेत्रबाट सफलता मिल्नेछ। शिक्षाको लगानीमा फाइदा हुनेछ। परिवारले राम्रो साथ दिनेछन्। लामो यात्रा नगर्नु र यात्रा गर्नैपरे पश्चिम नजानु राम्रो हुन्छ।

सिंह : दैनिकी राम्रो छ। श्रमको लगानीबाट फाइदा हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारमा बढी माया देखाएमा आफ्ना कामको विरोध हुने देखिन्छ।

कन्या : दिन राम्रो छ। पारिवारिक घुमघामको समय छ। ज्ञान र सीप भएका साथीको साथ रहनेछ। आर्थिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो आम्दानी हुनेछ। सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ।

तुला : दिन राम्रो छ। शिक्षाको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीमा खराब मानिससँग बचेर गर्नुपर्ने देखिन्छ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रतिस्पर्धीको आवाज शान्त रहेको छ। स्वस्थ्यमा सुधार हुनेछ।

वृश्चिक : समय सामान्य छ। एउटा गलत कामको पर्खाइमा समाज लागि परेको देखिन्छ। बोली र व्यवहारमा सचेत हुनु राम्रो हुन्छ। गणेशको भजन सुन्नु राम्रो हुन्छ। दुबो चढाएमा दिन सफल बन्नेछ।

धनु : दिन राम्रो छ। गलत बाटो हिँड्नुभयो भने साथीले सच्याउने छन्। शिक्षा क्षेत्रको लगानीबाट सफलता मिल्नेछ। व्यापारमा फाइदा हुनेछ। परिवारको सहयोग निरन्तर प्राप्त हुनेछ।

मकर : दिन सामान्य छ। झुटो आरोप लाग्नसक्छ। मन खुशी नहुने शब्द सुन्नुपर्ने हुनसक्छ। वैदेशिक क्षेत्रमा विवाद हुनेछ। धार्मिक क्षेत्रमा सानो योगदान दिए सबै कुरा मिल्नेछ।

कुम्भ : दिन सामान्य छ। आफूले आफ्नो विरोध सुन्नुपर्ने योग छ। परिवारमा एक्लो भएको महसुस हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षामा अल्छीपनले घाटा हुनेछ। भजन गर्नाले धेरै समस्याको समाधान हुनेछ।

मीन : दिन राम्रो छ। लगानीबाट सन्तोष मिल्नेछ। शिक्षाको लगानीमा सफलता, स्वास्थ्यमा लाभ र रोजगारीको क्षेत्रमा गरेको लगानीबाट बढुवा हुने योग छ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारको साथ हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ५ : १६ बजे

अबदेखि सवारीचालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै तिर्न सकिने

काठमाडौं-  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा नवीकरण गर्न चाहने सेवाग्राहीले

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले

साउनका लागि पशुपति क्षेत्रमा तयारी, सोमबार चारवटा लाइन राख्ने

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजा आराधना एवं दर्शनका

ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना गरिएको छ ।

पदत्यागअघि युक्रेन पुगे स्टारमर, युक्रेनप्रति बेलायतको समर्थन कायम रहने सन्देश

किएभ- प्रधानमन्त्री पदबाट सोमबार औपचारिक रूपमा बाहिरिनुअघि बेलायती प्रधानमन्त्री किअर स्टार्मर अन्तिम