गाजाका हरेक अस्पतालको अवस्था भयावह | Khabarhub Khabarhub

गाजाका हरेक अस्पतालको अवस्था भयावह


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

गाजा क्षेत्रमा चिकित्सकले अहिले उपचार गर्ने क्रममा एनाथेस्टिकको प्रयोग गर्ने गरेका छैनन्। एकदमै क्रोनिक समयमा पनि बिरामीलाई पेनकिलर समेत नदिई शल्यक्रिया गर्नु परेको त्यहाँका चिकित्सकले बताएका छन्। पेन किलरको अभावले बिरामी घण्टौँ घण्टा चिच्याउने गरेका छन्। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले गाँजाको स्वास्थ्य अवस्था वर्णन नै गर्न नसकिने अवस्थामा पुगिसकेको जनाएको छ।

गाजामा रहेका २३ अस्पतालले काम नै गरेका छैनन्। १२ ले आंशिक रूपमा काम गरेका छन् भने एकले फाट्टफुट्ट काम गर्ने गरेको छ। इजरायलको हवाई आक्रमण र यसले आपूर्तिमा परेको समस्याका कारण यो सबै भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले स्थानीय अधिकारीलाई उद्धृत गर्दै खबर लेखेका छन्। इजरायल डिफेन्स फोर्स (आइडीएफ)ले भने हमासले अस्पताल र स्वास्थ्य क्षेत्रसमेत आतङ्ककारी गतिविधिमा प्रयोग गर्ने गरेको आरोप लगाएको छ।

गाजामा रहेका २३ अस्पतालले काम नै गरेका छैनन्। १२ ले आंशिक रूपमा काम गरेका छन् भने एकले फाट्टफुट्ट काम गर्ने गरेको छ।

अहिले गाजाको अवस्थालाई अन्तर्राष्ट्रिय क्षेत्रले निगरानी गरिरहेका छन्। अस्पतालमा सिधै आक्रमण भएको छैन। तथापि हमासलाई लक्षित गर्दै भएको लगातारको आक्रमणले त्यस क्षेत्रलाई नै असर परेको छ। यसले गाँजामा औषधी लगायत अत्यावश्यक मानवीय आवश्यकताका वस्तु लैजानका लागि समस्या उत्पन्न भएको छ।

स्वास्थ्य क्षेत्रमा सक्रिय धेरैका अनुसार गाजाका धेरै अस्पतालको अवस्था खराब छ। गाजाको दक्षिणी क्षेत्रका अस्पतालले त क्षमता भन्दा तीन सय प्रतिशत बढीलाई सेवा दिइरहेका छन्। गाजामा अहिले तीन सय ५ बेडमै बिमारी सेयर गर्न थालिएको छ। आइतबार इजरायली सेनाले लगातार आक्रमण गरेपछि दक्षिणी गाजाको नासेर अस्पतालले कुनै पनि सेवा नै दिन सकेन।

आइतबार आइडीएफले त्यहाँ सर्च गरेको थियो। आइडीएफले हमासले आतङ्ककारीलाई त्यहाँ लुकाएको आरोप लगाएको हो। अहिले अस्पताललाई सुरक्षित क्षेत्र ठानेर हमासले आफ्ना व्यक्ति मात्र होइन मानव ढालको रूपमा प्रयोग गर्ने गाउँका गरिबलाई ल्याएर त्यही राख्ने गरेको छ।

नासेर अस्पताल नै दुई पक्षको झडपको केन्द्र बनेमा त यसले अझ धेरै मानवीय सङ्कटको सिर्जना गर्नेछ। सहरको दक्षिणी भागमा रहेको गाजा युरोपियन अस्पतालका निर्देशक युसुफ अल अक्कडले युद्ध भएदेखि यता अहिलेसम्मको अवस्था सबै भन्दा खराब भएको बताएका छन्। अहिले त्यहाँ धेरै विस्थापित भएका छन्। सडकमा जताततै मानिस बसोबास गरेको देखिएको छ।

अहिले अस्पताललाई सुरक्षित क्षेत्र ठानेर हमासले आफ्ना व्यक्ति मात्र होइन मानव ढालको रूपमा प्रयोग गर्ने गाउँका गरिबलाई ल्याएर त्यही राख्ने गरेको छ।

उनकै अनुसार पनि अस्पतालमा बेड नभएका कारण स्टाफ काठको कुर्सी र मुढा किनेर त्यसमा बस्ने गरेका छन्। बिरामीलाई त भुइँमा पनि सुताइने गरिएको छ। मोहम्मद युसुफ अल नाजीर रफाहा सहिद स्मृति अस्पतालका निर्देशक डा. मरवन अल हाम्स कसैलाई हृदय घात भएर अकस्मात् अस्पताल आइपुगेमा भुइँमा राखेर उपचार गर्नुपर्ने अवस्था आइसकेको बताउँछन्। हमासले गाँजाका सामुदायिक अस्पतालका लागि निर्देशक तोकेको छ। हमासले त्यो क्षेत्र नियन्त्रणमा लिनु अगावै निर्देशक तोकेको हो।

धेरै चिकित्सक समस्या गहिरो भइसकेको बताउन थालेका छन्। ‘हामीले आइसियुका लागि एनेस्थेटिक आपूर्ति गर्न सकेका छैनौं। पेन किलर दिन सकेका छैनौं र अक्सिजनको पनि अभाव छ’, एक चिकित्सकले भने। डब्लुएचओकै टोलीले युरोपियन अस्पतालमा उपचार गराइरहेकी एक ७ वर्षीया बालिकालाई भेटेको थियो। शरीर ७५ प्रतिशत बलेपछि अस्पताल आइपुगेकी उनले पनि पेन किलर पाएकी छैनन्। एक चिकित्सकले एनेस्थेटिक प्रक्रिया बिना नै शल्यक्रिया पक्का भइसकेको बताएका छन्। उत्तरी गाँजमा रहेको अल अवादा अस्पतालका कार्यकारी निर्देशक मोहम्मद सलाहा गधा र घोडामा बिरामी त्यहाँ ल्याइएको बताउँछन्।

त्यहाँ बिरामी भएको धेरै दिन पछि मात्र अस्पताल पुग्ने प्रचलन छ। यातायातको असुविधाले त्यस्तो भएको हो। बत्तीको अभावले चिकित्सकले टाउकोमा टर्च राखेर शल्यक्रिया गर्ने गरेका छन्। अहिले धेरै समस्यामा परेका बिरामीको भिड बढेपछि स्वयंसेवकको पनि भिड लाग्ने गरेको छ। डा. अल अकाद यसका बाबजुद त्यहाँ धेरै समस्या रहेको बताउँदै यो पर्याप्त नभएको ठहर गर्छन्। बम बारी भएपछि मासुको चोक्टा झुण्ड्याउदैं मानिस अस्पताल पुग्ने गरेका छन्।

एउटै मानिस मस्तिष्कमा चोट, गुमेको आँखा, भाँचिएको नाक तथा हड्डीका साथ अस्पताल आउने गरेका छन्। यो अवस्था साँच्चै विकराल नै हो। यो जटिल परिस्थितिमा बिरामी एउटै विशेषज्ञ चिकित्सक नपाउने अवस्थामा छन्।

एउटै मानिस मस्तिष्कमा चोट, गुमेको आँखा, भाँचिएको नाक तथा हड्डीका साथ अस्पताल आउने गरेका छन्। यो अवस्था साँच्चै विकराल नै हो। यो जटिल परिस्थितिमा बिरामी एउटै विशेषज्ञ चिकित्सक नपाउने अवस्थामा छन्।

डब्लुएचओले जनाए अनुसार अहिले गाँजामा २० हजार स्वास्थ्यकर्मी छन्। यी मध्येको धेरै जसो आफ्नो घर परिवारको जीवन बचाउनका लागि सङ्घर्ष गरिरहेका छन्। आफ्नो क्षेत्रमा यिनीहरूको खासै ध्यान छैन। धेरै जना चिकित्सक भने घरबाट छुट्टिएर सेवामा छन्। ती चिकित्सकले उपचारमा आउनेहरूलाई पनि आफ्नै घरको सदस्य झैँ ठान्ने गरेका छन्।

लगातार उपचार गर्नुपर्ने कुनै क्रोनिक बिमारीका लागि भने धेरै नै समस्या हुने गरेको डा. अल अकाड बताउँछन्। अहिले सातामा चार पटक डाइलोसीस गराउने बिरामीले एक पटक मात्र डाइलोसिस गराउने गरेका छन्।

धेरै गर्भवतीले पालमा नै बच्चालाई जन्म दिन थालेका छन्। अस्पतालमा अहिले समस्या नै समस्या छ। अस्पतालमा जन्मने बच्चालाई एक बोतल दूध उपलब्ध गराउने चलन थियो। अहिले त्यो हराएको छ। एक दमै भीड र अस्तव्यस्त अस्पतालमा मानिस रोग लिएर आउने गरेका छन्। अधिकांश मानिस जटिल बिरामी भएपछि नै अस्पताल पुग्छन्। तर अस्पताल भने सामान्य उपचारका लागि पनि असक्षम भइसकेका छन्। बिरामीहरू कहिले कहीँ त एक सय जनाको लामो लाइन पार गरेर अघि बढ्छन्। त्यसपछि बिना कुनै खिस्रिक्क फर्कन्छन्।

अहिले गाजाको अवस्थामा अन्तर्राष्ट्रिय क्षेत्रले समेत चासो दिन थालेको छ। अक्सफोर्ड विश्वविद्यालय अस्पतालका सिनियर सर्जन मिक मनर्याड इन्जुरी साँच्चै डर लाग्दो भएको बताउँछन्। इन्जुरी र अन्य क्रोनिक चोट एकै पटक बोकेका बिरामीको अवस्था एकदमै खराब रहेको उनको मत थियो।

यस क्षेत्रको समस्यालाई चाँडो ध्यान नदिइए तथा युद्ध यसैगरी अघि बढेमा एकदमै विकराल अवस्थाको आङ्कलन गर्न थालिएको छ।
स्रोत : बीबीसी, रिलिफ वेब

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ७ : ०२ बजे

मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउँछौँ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडियाको सबलीकरण र

विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्‍यो : गृहमन्त्री लामिछाने

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट

बाटो ढुकेर सिरहाका अमितले हानेका थिए १२ कक्षाकी विद्यार्थीलाई गोली

झापा- झापाको दमकमा शुक्रबार बिहान १२ कक्षाकी एकजना विद्यार्थीलाई गोली

संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’ घोषणा 

संयुक्त राष्ट्रसङ्घ- संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार मे २४ लाई अन्तर्राष्ट्रिय

जेठ १३ गतेदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

काठमाडौं- सरकारले आउँदो जेठ १३ गतेदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप