कांग्रेस महासमिति बैठकको बन्दसत्र आजदेखि « Khabarhub

कांग्रेस महासमिति बैठकको बन्दसत्र आजदेखि


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको महासमिति बैठकमा आज बन्दसत्र सुरु हुँदैछ । ललितपुरको गोदावरीमा हिजो उद्घाटन भएको महासमिति बैठकको बन्दसत्र आज बिहान ९ बजे सुरु हुन लागेको हो ।

बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक प्रतिवेदन पेस गर्ने छन् । यस्तै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारेको प्रतिवेदन पेस हुनेछ ।

महामन्त्री थापाको सांगठनिक प्रतिवेदनको एक विषयलाई लिएर सभापति देउवा असहमत रहँदै आएकोमा गएराति अबेरसम्मको छलफलपछि सहमति जुटेको छ ।

लामो छलफलपछि महामन्त्री थापाले महासमितिमा पेस गर्ने प्रस्तावमा ‘२०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो, तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनावहरू हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौँ र हाम्रा समर्थक–शुभेच्छुकलाई रूख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्नेछौं’ भन्ने विषयमा सभापति देउवा सहमत भएपछि सो प्रस्ताव बन्दसत्रमा पेस हुने भएको छ ।

यो पनि…
महामन्त्रीको प्रतिवेदनले कस्सियो महासमितिको गाँठो, दबाबमा देउवा

 

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ७ : ११ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि