कांग्रेस महासमिति बैठकको बन्दसत्र आजदेखि « Khabarhub

कांग्रेस महासमिति बैठकको बन्दसत्र आजदेखि


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको महासमिति बैठकमा आज बन्दसत्र सुरु हुँदैछ । ललितपुरको गोदावरीमा हिजो उद्घाटन भएको महासमिति बैठकको बन्दसत्र आज बिहान ९ बजे सुरु हुन लागेको हो ।

बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक प्रतिवेदन पेस गर्ने छन् । यस्तै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारेको प्रतिवेदन पेस हुनेछ ।

महामन्त्री थापाको सांगठनिक प्रतिवेदनको एक विषयलाई लिएर सभापति देउवा असहमत रहँदै आएकोमा गएराति अबेरसम्मको छलफलपछि सहमति जुटेको छ ।

लामो छलफलपछि महामन्त्री थापाले महासमितिमा पेस गर्ने प्रस्तावमा ‘२०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो, तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनावहरू हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौँ र हाम्रा समर्थक–शुभेच्छुकलाई रूख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्नेछौं’ भन्ने विषयमा सभापति देउवा सहमत भएपछि सो प्रस्ताव बन्दसत्रमा पेस हुने भएको छ ।

यो पनि…
महामन्त्रीको प्रतिवेदनले कस्सियो महासमितिको गाँठो, दबाबमा देउवा

 

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ७ : ११ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र