शान्ति स्थापनाको महत्वलाई अतिरञ्जित गर्न हुँदैन : प्रधानमन्त्री « Khabarhub

शान्ति स्थापनाको महत्वलाई अतिरञ्जित गर्न हुँदैन : प्रधानमन्त्री


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान विश्वमा देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ खटिएका सैनिकले खतराको सामना गर्नुपरेको बताएका छन् ।

‘चौथो शान्ति प्रयास’ अभ्यासको काठमाडौँमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले बहुस्तरीय प्रकृतिका द्वन्द्वका विषयमा सचेत हुनुपर्ने बताए । शान्ति स्थापनाकार्य जटिल राजनीतिक–सैन्य–मानवीय प्रयासका रूपमा विकसित भएको उल्लेख गर्दै उनले शान्ति सैनिकले अझ धेरै बुझ्नुपर्ने र तयारी गर्नुपर्ने अवस्था आएको बताए ।

शान्ति स्थापनाको महत्वलाई अतिरञ्जित गर्न नहुने बताउँदै उनले त्यसका लागि मानवताको गहिरो भावना र प्रतिबद्धतालाई जोगाउन हस्तक्षेपको तत्परता आवश्यक पर्ने उनको भनाइ छ ।

खतराको ठूलो सामना गरेर शान्ति सैनिकले मानवताको गहिरो भावना र प्रतिबद्धतालाई मूर्तरूप दिइरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले शान्ति सैनिकले गरेका त्यस्ता प्रयासको गहिरो प्रभाव परेको बताए ।

उनले कठिन चुनौतीको सामना गर्दै वीरता र करुणका साथ सेवा जारी राख्ने शान्ति सैनिकहरूको प्रशंसा गरे । नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा शान्ति र समानताका लागि निरन्तर र जोडदाररूपमा वकालत गरेको र आगामी दिनमा पनि गर्ने स्पष्ट पारे । उनले भने, ‘नेपालको प्रतिबद्धता विश्वमा शान्ति र सद्भावको चाहनामा निहित छ ।’

नेपालले विश्व शान्ति, प्रगति र समृद्धिमा संयुक्त राष्ट्रसङ्घको महत्त्वपूर्ण योगदानको प्रशंसा गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रसङ्घको शान्ति प्रयासमा नेपालले दृढतापूर्वक प्रतिबद्धता जनाउँदै आएको स्पष्ट पारे ।

उनले विश्वमा शान्ति स्थापना नेपालको विदेशनीतिको महत्त्वपूर्ण अङ्ग रहेको बताउँदै यस कार्यको विश्वले प्रशंसा गरेको पनि स्मरण गरे । नेपालले हाल संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा सबैभन्दा धेरै सेना र प्रहरी खटाउने गरेको र थप १० हजारसम्म तालिमप्राप्त सेना परिचालन गर्ने वाचा गरेको तथ्यलाई जोड दिएकोप्रति गर्व महसुस भएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ११ : ३२ बजे

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति