कोरियन भाषा परीक्षा २०८१ पुस २ गतेसम्म « Khabarhub

कोरियन भाषा परीक्षा २०८१ पुस २ गतेसम्म


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंइपीएस कोरिया शाखाले सुरु गरेको कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गते सकिने भएको छ ।

सोमबार पहिलो चरणअन्तर्गत सुरु भएको उक्त परीक्षामा ४७ हजार पाँच सय १९ जना सहभागी हुने उक्त परीक्षा आउँदो चैत २४ गते सकिने इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिइन्। उनका अनुसार दोस्रो चरणमा ७९ हजार नौ सय ३७ जनाको परीक्षा लिइने भएको र उक्त परीक्षा आउँदो २०८१ को वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म सञ्चालन हुने छ । 

यसैगरी तेस्रो चरणको परीक्षामा ३६ हजार एक सय ७९ जना परीक्षार्थी सहभागी हुने तथा उक्त परीक्षा २०८१ कात्तिक २६ गतेदेखि सुरु भएर २०८१ पुस २ गतेसम्म सञ्चालन हुने भएको छ । सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६३ हजार ६ सय ३५ जनाले आवेदन दिएको इपीएस कोरिया शाखाले जनाएको छ । 

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भइरहेको र उक्त परीक्षाका लागि एक दिनमा पाँचवटा सिफ्ट तयार गरी दिनमा एक हजार जनाले परीक्षा दिन थालेको इपीएस कोरिया शाखाका निर्देशक कँडेलले जानकारी दिइन्। 

परीक्षाको अघिल्लो दिन आफ्नो सिफ्टअनुसार इपीएस शाखा, कार्यालय ग्वार्कोमा बायो-मेट्रिक रजिस्ट्रेसन फिङ्र प्रिन्ट दर्ताको लागि उपस्थित भई परीक्षाको दिन परीक्षा केन्द्र भैँसेपाटीमा बायोमेट्रिक भेरिफाइ हुने इपीएस कोरिया शाखाका शाखा अधिकृत कमल श्रेष्ठले जानकारी दिए।

परीक्षा समयभन्दा एक घण्टाअघि परीक्षा हलमा परामर्श सुरु हुने र निर्धारित समयमा उपस्थित नभएमा परीक्षामा सहभागी नगराइने निर्देशक कँडेलले बताइन्। उनका अनुसार उक्त परीक्षामा मोबाइल फोन, स्मार्ट वाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधन लैजान निषेध गरिएको छ ।

यसैगरी परीक्षामा चिट, कपी गरेको तथा अरू अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नका साथै चार वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिएको इपीएस कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  २ : २९ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने