संवैधानिक आयोगको प्रभावकारिता बढाउन प्रयाप्त स्रोत साधन आवश्यक : अध्यक्ष तिमिल्सिना « Khabarhub

संवैधानिक आयोगको प्रभावकारिता बढाउन प्रयाप्त स्रोत साधन आवश्यक : अध्यक्ष तिमिल्सिना


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संवैधानिक आयोगहरूको प्रभावकारिता बढाउन राज्यले प्रयाप्त स्रोत साधन उपलब्ध गराउनुपर्ने बताएका छन् ।

राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा तिमिल्सिनाले संवैधानिक आयोगहरूले स्रोत साधनका अभावका कारण काम गर्न नसकेको गुनासो गर्नेगरेको भन्दै राज्यले यस विषयमा विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।

स्रोत साधनको अभावमा लक्ष्य अनुसारको काम पुरा हुन नसक्ने उनले बताए । उनले आयोगहरूले पनि आफ्नो क्षेत्राधिकारमा रहेको कामलाई प्रभावकारी रुपमा गर्नुपर्नेमा जोड दिए । तिमिल्सिनाले आयोगले गरेका सिफारिसलाई राज्यका सम्बन्धित निकायहरूले कार्यान्वयन गर्नुपर्ने धारणा राखे । उनले जुनसुकै नागरिकले विना अवरोध राज्यबाट सेवा पाउनुपर्ने बताए ।

कार्यक्रममा समावेशी आयोगका अध्यक्ष डा. राम कृष्ण तिमल्सेनाले राजनीतिमा बिभिन्न प्रकारका विभेद अन्त्य गरि समावेशी सिद्धान्तलाई अवलम्बन गर्न सरकारलाई सिफारिस गरिएको जानकारी दिए । आरक्षणलाई सामाजिक न्यायको दृष्टिकोणबाट उपयुक्त बनाउन पनि सिफारिस गरिएको उनले बताए ।  

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ३ : ३१ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन