संवैधानिक आयोगको प्रभावकारिता बढाउन प्रयाप्त स्रोत साधन आवश्यक : अध्यक्ष तिमिल्सिना « Khabarhub

संवैधानिक आयोगको प्रभावकारिता बढाउन प्रयाप्त स्रोत साधन आवश्यक : अध्यक्ष तिमिल्सिना


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संवैधानिक आयोगहरूको प्रभावकारिता बढाउन राज्यले प्रयाप्त स्रोत साधन उपलब्ध गराउनुपर्ने बताएका छन् ।

राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा तिमिल्सिनाले संवैधानिक आयोगहरूले स्रोत साधनका अभावका कारण काम गर्न नसकेको गुनासो गर्नेगरेको भन्दै राज्यले यस विषयमा विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।

स्रोत साधनको अभावमा लक्ष्य अनुसारको काम पुरा हुन नसक्ने उनले बताए । उनले आयोगहरूले पनि आफ्नो क्षेत्राधिकारमा रहेको कामलाई प्रभावकारी रुपमा गर्नुपर्नेमा जोड दिए । तिमिल्सिनाले आयोगले गरेका सिफारिसलाई राज्यका सम्बन्धित निकायहरूले कार्यान्वयन गर्नुपर्ने धारणा राखे । उनले जुनसुकै नागरिकले विना अवरोध राज्यबाट सेवा पाउनुपर्ने बताए ।

कार्यक्रममा समावेशी आयोगका अध्यक्ष डा. राम कृष्ण तिमल्सेनाले राजनीतिमा बिभिन्न प्रकारका विभेद अन्त्य गरि समावेशी सिद्धान्तलाई अवलम्बन गर्न सरकारलाई सिफारिस गरिएको जानकारी दिए । आरक्षणलाई सामाजिक न्यायको दृष्टिकोणबाट उपयुक्त बनाउन पनि सिफारिस गरिएको उनले बताए ।  

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ३ : ३१ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई