ताप्लेजुङमा धुपीपात संकलन घट्दो | Khabarhub Khabarhub

ताप्लेजुङमा धुपीपात संकलन घट्दो


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– पछिल्लो समयमा ताप्लेजुङमा धुपीपात संकलन क्रमिकरूपमा घट्दै गएको छ । डिभिजन वन कार्यालयको तथ्यांकअनुसार प्रत्येक वर्ष धुपीपात सङ्कलन घट्दै गएसँगै राजस्व समेत घट्दै गएको हो । 

चालु आर्थिक वर्षमा जिल्लाको राष्ट्रिय  वनबाट १७ हजार पाँच सय किलोग्राम धुपीपात संकलन भएको  छ । हिमाली क्षेत्रमा पाइने धुपीपात प्रत्येक वर्ष संकलन हुँदै आएको छ। चालु आर्थिक वर्षमा १७ हजार पाँच सय किलोग्राम धुपी संकलन हुँदा प्रतिकेजी रु दुईका दरले रु ३५ हजार राजस्व जिल्ला वन कार्यालयमा जम्मा गरिएको  डिभिजन वन कार्यालयले जनाएको छ । 

गत वर्ष २२ हजार पाँच सय किलोग्राम धुपीपात संकलन हुँदा रु ४५ हजार राजस्व जम्मा भएको थियो । आव २०७८-७९ मा ३५ हजार केजी धुपीपात संकलन भएको र सो बापत रु ७० हजार राजस्व संकलन भएको थियो 

पूजापाठमा धुपीपात प्रयोग हुँदै आएको छ । धुपीपातबाट औषधिका लागि प्रयोग हुने  तेल निकालेर राम्रो मूल्यमा बिक्री गरिन्छ  । समुद्र सतहदेखि २५ मिटरसम्मका राष्ट्रिय वनमा प्रशस्त धुपी पाइने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । 

फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा धुपीतेल उद्योग अहिले बेवारिसे अवस्थामा छ । दुई वर्षसम्म सञ्चालन भएपछि दर्ता प्रक्रिया पूरा हुन नसकेपछि बन्द गर्नुपरेको त्यसका सञ्चालक पेमा शेर्पाले बताए। घुन्सामा उत्पादन भएको धूपीको तेल काठमाडौँमा प्रतिलिटर रु तीन हजार पाँच सयका दरले बिक्री हुने गरेको उनले जानकारी दिए। 

राष्ट्रिय वनमा संकलित धुपीपात व्यापारीले प्रतिकिलो रु ६० का दरले खरिद गर्दै आएको मिक्वाखोला गाउँपालिका–५ का धुपीपात व्यापारी रिङ शेर्पाले बताए। हिमाली क्षेत्रमा पाइने धुपीपात ताप्लेजुङबाट इलामको पशुपतिनगर हुँदै भारत निकासी हुने उनको भनाइ थियो । नेपाल र भारतको नाका पशुपतिनगरमा प्रतिकिलो रु एक सय ६० का दरले धुपीपात खरिद बिक्री हुने व्यापारी शेर्पाले बताए।

 उनले भने, ‘हामीले ताप्लेजुङदेखि इलामको पशुपति नाकाको बजारसम्म पुर्‍याएर त्यहीँका व्यापारीलाई बिक्री गर्छौँ । त्यहाँका व्यापारीले भारतका विभिन्न बजारमा  बिक्री गर्छन् ।’ नेपालमा पाइने धुपीपातको माग भारतमा उच्च छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ३ : ५३ बजे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

आज २०८२ साल भदौ २५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण