‘कांग्रेसको सुझबुझपूर्ण कार्यशैलीले लोकतान्त्रिक समाजवादी संविधान बन्यो’ « Khabarhub

‘कांग्रेसको सुझबुझपूर्ण कार्यशैलीले लोकतान्त्रिक समाजवादी संविधान बन्यो’


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पाटन– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसकै सुझबुझपूर्ण कार्यशैलीकै कारण लोकतान्त्रिक समाजवादी संविधान बनेको बताएका छन्।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी पार्टीको महासमिति बैठकमा नीति प्रस्ताव प्रस्तुत गर्दै उपसभापति खड्काले भने , ‘नेपाली कांग्रेसले चाहेकै जस्तो संविधान बन्ने अवस्था नहुँदा पनि कांग्रेसको सुझबुझपूर्ण कार्यशैलीले गर्दा लोकतान्त्रिक समाजवादी संविधान बन्यो । देश लोकतान्त्रिक बाटोमा गयो । यद्यपि केही असन्तुष्टि भने बाँकी रहने अवस्था रह्यो ।’

उनले यस विषम परिस्थितिलाई सम्हाल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वको गठबन्धन सरकारले दुई पटक तीन वटै तहको निर्वाचन सम्पन्न गरेको उल्लेख गरे । यद्यपि संविधानले प्रत्याभूत गरेको मौलिक हकलगायत संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुनको निर्माणमा अझै बाँकी रहेको उनको भनाइ थियो । 

उपसभापति खड्काले राजनीतिक स्थायित्व, संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र आर्थिक वृद्धि तथा उन्नतिका पक्षमा भरपर्दो र दिगो काम द्रुत गतिमा अगाडि बढ्न नसक्दा सङ्क्रमणकालीन अवस्था लम्बिइरहेको बताए । सत्यनिरूपण तथा मेलमिलापका काम अझै निष्कर्षमा पुग्न नसकेको उल्लेख गर्दै यसका कारण तीन तहको सरकारबाट अपेक्षा गरिएजस्तो छिटोछरितो सेवा प्रवाह हुन नसकेको बताए। 

उनले नीति प्रस्ताव समयानुकूल बदलिनुपर्ने नीति, नियम, ऐन तथा कानुन अझै बन्न नसकेको बताए । जसले गर्दा नागरिकका दुःख तथा कष्टमा आशा गरेअनुसार सुधार आउन नसकेको उनको भनाइ थियो । 

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ४ : ४४ बजे

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य

निर्वाचनका दिन वेस्ट बैंकका सबै स्थल मार्ग बन्द गर्ने इजरायलको घोषणा

एजेन्सी– प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले वेस्ट