पार्टीमा युवा सहभागिताका लागि बाधक कानुन तत्काल संशोधन गरिन्छ : उपसभापति खड्का « Khabarhub

पार्टीमा युवा सहभागिताका लागि बाधक कानुन तत्काल संशोधन गरिन्छ : उपसभापति खड्का


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीमा युवा सहभागिताका लागि बाधक देखिएका कानुन तत्काल संशोधन गरिने जनाएका छन् ।

ललितपुरको गोदावारीमा जारी महासमिति बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै उपसभापति खड्काले पार्टीमा युवा सहभागिताका लागि बाधक देखिएका कानुन तत्काल संशोधन गरिने जनाएका हुन् । त्यस्तै, बैठकमा उपसभापति खड्काले युवा लक्षित बजेट तथा कार्यक्रममा एकद्वार निति अबलम्बन गरिने पनि उल्लेख गरे ।

खड्काले आफ्नो प्रतिवेदनमा आम तहमा निराशा बढेको बताउँदै यही निराशाको व्यपार भइरहेको टिप्पणी गरेका छन् । उनले लोकरिझ्याईँ, अधिनायकवाद र पुनरुत्थानको कुचेष्टा भएको पनि दाबी गरेका छन् ।

खड्काले पेस गरेको प्रतिवेदनमा ३३ प्रतिशत महिला सहभागिताको विषय पनि उठाइएको छ । सोमबारदेखि सुरु भएको कांग्रेस महासमिति बैठक बुधबारसम्म चल्नेछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ५ : २० बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने