नेप्से परिसूचक सामान्य अंकले घट्यो « Khabarhub

नेप्से परिसूचक सामान्य अंकले घट्यो


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट देखिएको छ । परिसूचक एक दशमलव ७६ अंकले घटेर दुई हजार ३३ दशमलव ०६ को विन्दुमा कायम भएको हो ।

आज तीन सय १४ कम्पनीको ९३ लाख ४२ हजार पाँच सय ४६ कित्ता शेयर ७६ हजार आठ सय तीनपटक खरिदबिक्री हुँदा तीन अर्ब ११ करोड ३५ लाख ५६ हजार बराबरको कारोबार भएको छ ।

विकास बैंक समूहको उपसूचक शून्य दशमलव २५, वित्त समूह शून्य दशमलव ७२, लगानी समूह शून्य दशमलव १८, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ७१ र अन्य समूह एक दशमलव १० प्रतिशतले बढेका छन् । 

अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ समूह शून्य दशमलव ४२, होटल तथा पर्यटन समूह शून्य दशमलव १८, जलविद्युत् समूह शून्य दशमलव ३१, जीवन बीमा समूह शून्य दशमलव ४१, लघुवित्त शून्य दशमलव ७४, म्युचुअल फन्ड शून्य दशमलव ०५, निर्जीवन बीमा समूह शून्य दशमलव ०३ र व्यापार समूह शून्य दशमलव ३५ प्रतिशतले घटेको छ ।

बोटलर्स नेपाल (बालाजु) लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन इन्स्युरेन्स लिमिटेडको रु ३१ करोड ७३ लाख ७० हजार नौ सय ९८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने प्रभु सेलेक्ट फन्डको पाँच लाख २९ हजार सात सय ३१ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ५ : २३ बजे

इन्धन सुरक्षामा ध्यान दिन शक्तिराष्ट्रलाई अमेरिकाको आग्रह, युद्धमा संलग्न नहुन इरानको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्तिलाई खाडीको ‘स्ट्रेट

एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत

आज २०८२ साल चैत २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत