न्याय क्षेत्रमा मध्यस्थताको भूमिका महत्वपूर्ण : पूर्व न्यायाधीश सिन्हा | Khabarhub Khabarhub

न्याय क्षेत्रमा मध्यस्थताको भूमिका महत्वपूर्ण : पूर्व न्यायाधीश सिन्हा


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्चका पूर्व न्यायाधीश अनिलकुमार सिन्हाले न्यायिक क्षेत्रमा मध्यस्थताको भूमिका निकै महत्वपूर्ण रहेको बताएका छन् । ‘सम्झौता व्यवस्थापन तथा विवाद समाधान’ सम्बन्धी ५ दिने तालिमको समापन कार्यक्रममा बोल्दै सिन्हाले यस्तो बताएका हुन् ।

‘न्यायिक क्षेत्रमा मध्यस्ताको बाटो र मध्यस्थ कर्ताको निकै ठुलो भूमिका छ । मध्यस्थताका माध्यमबाट अदालतमा रहेका हजारौँ मुद्दाहरू किनारा लाग्न सक्छन्, सिन्हाले भने, ‘तर, मध्यस्थकर्ताहरू यस्ता विषयमा निकै संवेदनशील र जिम्मेवार हुनुपर्छ ।’

लामो अदालती प्रक्रिया र पीडित तथा पीडक पक्षलाई न्याय दिलाउने सहज माध्यमका रूपमा रहेको मध्यस्थता क्षेत्रलाई सशक्त बनाउन यस्ता तालिमहरू थप फलदायी हुने उनले बताए । साथै, यस्ता कार्यक्रमहरू बेलाबखतमा सञ्चालन गर्नुपर्नेमा पनि सिन्हाले जोड दिए ।

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए नेपाल) र नेपाल मध्यस्थता परिषद् (नेप्का) को संयुक्त आयोजनामा काठमाडौँमा ‘सम्झौता व्यवस्थापन तथा विवाद समाधान’ सम्बन्धी ५ दिने तालिम सञ्चालन भएको थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै डिएलए नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीले ५ दिने तालिम निकै अर्थपूर्ण रहेको र दुई पक्षीय रूपमा भएका सम्झौताको कार्यान्वयन चरणमा देखिने समस्या र विवाद समाधानका लागि मूर्धन्य जनशक्ति उत्पादन भएको बताए ।

साथै, यस्ता कार्यक्रम र तालिमलाई डिएलए नेपालको तर्फबाट आगामी दिनमा पनि जारी राख्ने प्रतिबद्धता केसीले व्यक्त गरे । यस्ता तालिमले सहभागी प्रशिक्षार्थीहरूको क्षमता अभिवृद्धिमा टेवा पुग्नुका साथै मध्यस्थताको क्षेत्रमा योग्य र सक्षम जनशक्ति निर्माण भएकामा आफू विश्वस्त रहेको बताउँदै सहआयोजक नेप्काका अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारीले सबै प्रशिक्षार्थीलाई धन्यवाद व्यक्त गरे ।

फागुन ४ देखि ८ गतेसम्म भएको तालिममा देशभरबाट ५६ जना प्रशिक्षार्थीहरूले सहभागिता जनाएका थिए भने वरिष्ठ अधिवक्ता तथा सम्बन्धित क्षेत्रका विभिन्न अग्रजहरूले प्रशिक्षण दिएका थिए ।

तालिममा सहभागी प्रशिक्षार्थीहरूले तालिमबाट मध्यस्थताका विषयमा थप बुझ्न पाएको बताए । ‘मध्यस्थताका सम्बन्धमा रहेका केही भ्रम र अन्योल हटेको छ,’ सहभागीहरूको भनाइ थियो, ‘यो तालिमका कारण अब काम गर्न थप सहज हुनेछ ।’

तालिममा वरिष्ठ अधिवक्ताहरूदेखि भर्खरै लाइसेन्स लिएका अधिवक्ताहरू पनि सहभागी थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ५ : ४६ बजे

रुस-युक्रेन युद्ध : ट्रम्पसँग सकारात्मक छलफल भएको जेलेन्स्कीको प्रतिक्रिया

काठमाडौं – युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग

रुपन्देही–३ को उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता

काठमाडौं– आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा

पोखरीमा डुबेर दुई जनाको मृत्यु

राजविराज – सप्तरीँमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ।

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ ३ गते मंगलबार। भाद्र