घरजग्गा क्षेत्रको कर्जा नउठ्दा बैंकमा खराब कर्जा बढ्यो, वितरणयोग्य मुनाफा घट्यो : डा. महत « Khabarhub

घरजग्गा क्षेत्रको कर्जा नउठ्दा बैंकमा खराब कर्जा बढ्यो, वितरणयोग्य मुनाफा घट्यो : डा. महत


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा क्षेत्रमा प्रवाह भएको कर्जाको भुक्तानी शिथिल भएको र परिणमस्वरुप खराब कर्जाको अंश बढेको जनाएका छन् ।

ललितपुरको गोदावारीमा जारी पार्टीको महासमिति बैठकमा डा. महतले पेश गरेको प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थामा खराब कर्जाको अंश बढ्दा वितरणयोग्य मुनाफा पनि घटेको जनाइएको छ । उनले प्रतिवेदनमा मुलुकको अर्थतन्त्रमा पुँजीगत बजेटको न्यूनता र बैंक तथा वित्तीय संस्था तथा सहकारीको समस्या प्रमुख चुनौतिका रुपमा रहेको औँल्याएका छन् ।

प्रतिवेदनमा उनले समष्टिगत आर्थिक परिसूचकहरु अनुकूल भएपनि राजस्वको अपेक्षित वृद्धिदर हासिल हुन नसक्दा सार्वजनिक वित्त व्यवस्थापन चुनौतिपूर्ण रहेको उल्लेख गरेका छन् ।

त्यसैगरी, ठूलो दायित्व र न्यून पुँजीगत बजेट तथा कार्यान्वयन गर्ने निकायहरुको न्यून खर्च गर्ने क्षमता, वन क्षेत्रको जग्गा प्राप्तिलगायत आयोजनाको पूर्वतयारी सम्बन्धमा रहेको जटिलता र व्यवहारिक कठिनाइले विकास आयोजनाहरु गुणस्तरीय र तोकिएको समयमा सम्पन्न गर्न नसकिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ५ : ५१ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न

दमौली तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

इजरायलद्वारा १५० इरानी बालिकाको नरसंहारबारे छानबिन हुनुपर्ने राष्ट्रसंघको माग

तेहरा- संयुक्त राष्ट्रको मानवअधिकार कार्यालयले इरानमा भएको एक छात्रा विद्यालयमाथिको

उत्तर कोरियामा संसदीय निर्वाचन घोषणा

एजेन्सी- उत्तर कोरियाले यस महिनाभित्र आफ्नो सर्वोच्च जनसभाका लागि प्रतिनिधि

रास्वपाका अर्का उम्मेदवार पनि कर्जा सूचना केन्द्रको कालोसूची भेटिए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका अर्का उम्मेदवार

सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेको प्रोफाइल राख्दै निशाले भनिन्- अब चुप बस्दिन

काठमाडौं– प्रतिनिधिसभा उम्मेदवार निशा अधिकारीले सामाजिक सञ्जालमार्फत आफूमाथि भइरहेको चरित्र