घरजग्गा क्षेत्रको कर्जा नउठ्दा बैंकमा खराब कर्जा बढ्यो, वितरणयोग्य मुनाफा घट्यो : डा. महत « Khabarhub

घरजग्गा क्षेत्रको कर्जा नउठ्दा बैंकमा खराब कर्जा बढ्यो, वितरणयोग्य मुनाफा घट्यो : डा. महत


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा क्षेत्रमा प्रवाह भएको कर्जाको भुक्तानी शिथिल भएको र परिणमस्वरुप खराब कर्जाको अंश बढेको जनाएका छन् ।

ललितपुरको गोदावारीमा जारी पार्टीको महासमिति बैठकमा डा. महतले पेश गरेको प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थामा खराब कर्जाको अंश बढ्दा वितरणयोग्य मुनाफा पनि घटेको जनाइएको छ । उनले प्रतिवेदनमा मुलुकको अर्थतन्त्रमा पुँजीगत बजेटको न्यूनता र बैंक तथा वित्तीय संस्था तथा सहकारीको समस्या प्रमुख चुनौतिका रुपमा रहेको औँल्याएका छन् ।

प्रतिवेदनमा उनले समष्टिगत आर्थिक परिसूचकहरु अनुकूल भएपनि राजस्वको अपेक्षित वृद्धिदर हासिल हुन नसक्दा सार्वजनिक वित्त व्यवस्थापन चुनौतिपूर्ण रहेको उल्लेख गरेका छन् ।

त्यसैगरी, ठूलो दायित्व र न्यून पुँजीगत बजेट तथा कार्यान्वयन गर्ने निकायहरुको न्यून खर्च गर्ने क्षमता, वन क्षेत्रको जग्गा प्राप्तिलगायत आयोजनाको पूर्वतयारी सम्बन्धमा रहेको जटिलता र व्यवहारिक कठिनाइले विकास आयोजनाहरु गुणस्तरीय र तोकिएको समयमा सम्पन्न गर्न नसकिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ५ : ५१ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।