आफ्नै तागतमा एक्लै चुनाव लड्नुपर्छ : महामन्त्री थापा « Khabarhub

आफ्नै तागतमा एक्लै चुनाव लड्नुपर्छ : महामन्त्री थापा


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्ने सुनिश्चिततासहितको सांगठनिक प्रतिवेदन प्रस्तुत पेश गरेका छन् ।

ललितपुरमा जारी महासमिति बैठकमा थापाले पेश गरेको प्रतिवेदनमा आगामी निर्वाचनहरु आफ्नै तागतमा एक्लै लड्ने र आफ्ना मतदातालाई कांग्रेसको चुनाव चिह्न ’रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने उल्लेख गरिएको छ । उहाको प्रतिवेदनमा निर्वाचनपूर्व गठबन्धन गर्दा पार्टीले एक्लै चुनाव लड्दाजस्तो कार्यकर्तामा विजयको भाव र उत्साह नआउने अनुभवन सिकाएको उल्लेख छ ।

पार्टीको आफ्नो उम्मेदवार नहुँदा संगठनभित्र आकांक्षीको व्यवस्थापन कठिन भएको पार्टीभित्रको ऊर्जामा समेत गिरावट आएको तथा निर्वाचनमा संख्यात्मक रुपमा पार्टी पहिलो दल भए पनि लोकप्रिय मत घट्ने अवस्था आएको उनले बताए । त्यस्तै, उनले सरकार र पार्टीबीच समन्वय, सहयोग र सहजीकरण सही ढङ्गले नहुँदा एक–अर्कालाई बुझ्ने कुरामा नै समस्या भएको र सरकारले गरेका कामको पार्टीबाट यथोचित प्रचार हुन नसकेको जिकिर गरे । संघ, प्रदेश र बहुसङ्ख्यक स्थानीय सरकारमा पार्टी नेतृत्वदायी भूमिकामा भएतापनि पार्टी सरकारमा भएको महशुस र आफ्नोपन नै कांग्रेस सदस्यले गर्न नसकिएको गुनासो रहेको उनले उल्लेख गरे ।

महामन्त्री थापाको प्रतिवेदनमा बहुमत भएकोले फरकमत राख्नेलाई बेवास्ता गर्ने, पराजितले जितेकोलाई असहयोग गर्ने प्रवृत्तिले अन्ततः संगठनलाई नै कमजोर बनाएको र विधानसम्मत थिति र विधिमा पार्टी संचालन कसरी गर्ने भन्ने विषय आजको ठूलो चुनौतीको रूपमा रहेको उल्लेख छ ।

उनले यस वर्षदेखि सबै तहमा हरेक वर्ष अनिवार्य सम्मेलन गर्ने अभ्यासको थालनी भएको र यस वर्ष हालसम्म ४ वटा प्रदेश सम्मेलन, ६० वटा जिल्ला सम्मेलन र १०० बढी प्रतिनिधिसभा क्षेत्रीय सम्मेलन सम्पन्न भइसकेको जानकारी गराएका छन् । १४औं महाधिवेशनसम्मको क्रियाशील सदस्यताको समस्या समाधान गरी ८ लाख ६९ हजार ५५१ क्रियाशील सदस्यताको विवरण जिल्लागत रुपमा सबै जिल्लामा पठाएर नवीकरणको प्रक्रिया शुरु भइसकेको उनको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ७ : १३ बजे

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर