वाफ च्याम्पियनसिप : सिरियाविरुद्ध नेपाल ३–१ ले अगाडि « Khabarhub

वाफ च्याम्पियनसिप : सिरियाविरुद्ध नेपाल ३–१ ले अगाडि


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । वाफ वुमन्स च्याम्पियनसिपमा सिरियाविरुद्ध नेपालले सुरुवाती अग्रता बनाएको छ ।

खेलको पहिलो हाफ सकिँदा नेपाल ३-१ अगाडी छ । नेपालका लागि अमिसा कार्की, अनिता बस्नेत र सावित्रा भण्डारीले एक/एक गोल गरे ।

नेपालको तर्फबाट खेलका १० औं मिनेटमा अमिसा कार्कीले गोल गरेकी हुन् । त्यसको तीन मिनेट मै अनिता बस्नेतले कर्नर मार्फत सुन्दर गोल गरिन् । त्यस्तै नेपालका लागि १९ औं मिनेटमा सावित्रा भण्डारीले अर्को गोल गर्दैै खेललाई ३-० शुन्यको अवस्थामा पुर्याएकी थिइन् ।

खेलकाे ४२ औं मिनेटमा सिरियाले एक गोल फर्काएको थियो ।

नेपाली महिला फुटबल टोली पहिलोपटक पश्चिम एसियाको प्रतिष्ठित वाफ च्याम्पियनसिप खेल्दैछ। मध्यपूर्व एसियाली फुटबलको हब बनिरहेको अवस्थामा नेपालले पनि त्यहाँ प्रतियोगिता खेल्ने अवसर पाएको हो। खेल साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस् सिटी भइरहेको छ।

वाफले आमन्त्रित टोलीका रुपमा नेपाललाई सहभागी गराएको हो। समूहमा सहभागी टोली औसतका भए पनि नेपाली महिला फुटबलका लागि भने राम्रो अवसर हो।

नेपालले १० गते इराक र १२ गते प्यालेस्टाइनसँग खेल्नेछ। यी टोली नेपालभन्दा कमजोर मानिएका छन्। नेपाली महिला टोली गत शुक्रबार साउदी अरेबिया गएको छ।

गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्य टोली यसअघि नै मुख्य प्रशिक्षक राजेन्द्र तामाङले घोषणा गरेका थिए।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ८ : ३८ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।