वाफ च्याम्पियनसिप : सिरियाविरुद्ध नेपालको प्रभावशाली जित « Khabarhub

वाफ च्याम्पियनसिप : सिरियाविरुद्ध नेपालको प्रभावशाली जित


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वाफ वुमन्स च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । मंगलबार साँझ सम्पन्न खेलमा सिरियालाई ४–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितमा नेपालले विजयी सुरुवात गरेको हो ।

साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा भएको खेलमा नेपालका लागि अमिसा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले एकरएक गोल गरे ।

नेपालको तर्फबाट खेलका १० औं मिनेटमा अमिसा कार्कीले गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन । त्यसको तीन मिनेट मै अनिता बस्नेतले कर्नर मार्फत सुन्दर गोल गरिन् । त्यस्तै नेपालका लागि १९ औं मिनेटमा सावित्रा भण्डारीले अर्को गोल गर्दैै खेललाई ३–० शुन्यको अवस्थामा पुर्याएकी थिइन् ।

खेलको ४२ औं मिनेटमा सिरियाले एक गोल फर्काएको थियो । खेलको दोस्रो हाफमा नेपालले एक गोल थप्यो । नेपालका लागि खेलको ६९ औं मिनेटमा रेखा पौडेलले गोल गरिन् ।

नेपाली महिला फुटबल टोलीले पहिलोपटक पश्चिम एसियाको प्रतिष्ठित वाफ च्याम्पियनसिपमा सहभागिता जनाएको हो। मध्यपूर्व एसियाली फुटबलको हब बनिरहेको अवस्थामा नेपालले पनि त्यहाँ प्रतियोगिता खेल्ने अवसर पाएको हो।

वाफले आमन्त्रित टोलीका रुपमा नेपाललाई सहभागी गराएको हो। समूहमा सहभागी टोली औसतका भए पनि नेपाली महिला फुटबलका लागि भने राम्रो अवसर हो।

नेपालले १० गते इराक र १२ गते प्यालेस्टाइनसँग खेल्नेछ। यी टोली नेपालभन्दा कमजोर मानिएका छन्।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ९ : ४६ बजे

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा