आज २०८० साल चैत ७ गते बुधबारको राशिफल « Khabarhub

आज २०८० साल चैत ७ गते बुधबारको राशिफल


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल चैत ७ गते बुधबार तदनुसार सन् २०२४ मार्च २० तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : वैदेशिक क्षेत्रमा सुधारका संकेत देखिने छन्। सामाजिक क्षेत्रमा खटपटी हुनेछ। परिवारले तपाईंको बोली नसुन्ने खतरा देखिन्छ। दिन सामान्य भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ।

वृष : समय राम्रो छ। आफ्नो मनले खाएको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। शिक्षामा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। स्वदेशी लगानीबाट उत्साह बढ्नेछ।

मिथुन : दैनिकी राम्रो छ। धनलक्ष्मी योग परेको छ। शेयरमा फाइदा हुनेछ। तपाईंले श्रम गरेको क्षेत्रमा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा विश्वास बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। विरोध गर्ने र प्रतिस्पर्धीहरु शान्त छन्। लगानी गरेको क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। परिवारमा एक अर्काको मर्म नबुझ्दा खटपटी हुनेछ। विदेशतर्फकको आकर्षण बढ्ने देखिन्छ।

सिंह : दिन राम्रो छ। तपाईंको प्रशंसा हुनेछ। खुट्टा तान्नेहरु सक्रिय भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ। व्यक्तिगत योजना अनुसार अगाडि बढ्नु राम्रो हुन्छ। आर्थिक र सामाजिक क्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : समय राम्रो छ। मेहनतको फल प्राप्त हुनेछ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। राम्रो कामको सुरुवात गर्ने दिन छ। साथीको साथ रहनेछ।

तुला : दिन राम्रो छ। राम्रो काम गर्ने अवसर प्राप्त हुनेछ। अधुरो काम बन्नेछ। साथीसँग भेट हुनेछ। परिवारको साथ र सहयोग निरन्तर रहनेछ। स्वदेशकै लगानीमा चित्त बुझाउनुपर्ने समय छ।

वृश्चिक : समय राम्रो छ। रोकिएको काम बन्नेछ। शिक्षामा प्रगति हुनेछ। वैदेशिक क्षेत्रमा फाइदा हुनसक्छ। पश्चिमको यात्रामा भने नजानु राम्रो हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

धनु : दिन सामान्य छ। तपाईंलाई असफल बनाएर हाँस्नेहरु सक्रिय छन्। प्रतिवादमा खरो रुपमा प्रस्तुत हुनुपर्ने दिन छ। आज सबै क्षेत्रमा सोचेर काम गर्नुपर्ने देखिन्छ।

मकर : दिन राम्रो छ। वैदेशिक क्षेत्रबाट राम्रो फाइदा हुनेछ। शिक्षा भन्दा स्वास्थ्यमा लाभ हुनेछ। सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

कुम्भ : आजको दिन सामान्य छ। गलत बाटो देखाएर असफल बनाउने साथी सक्रिय छन्। बोलीमा रुखोपन बढ्ने भएकाले सचेत हुनु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथ रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मीन : समय राम्रो छ। बोलीको प्रभावले धेरै काम बन्ने देखिन्छ। परिवारको साथ र सहयोग रहनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। खर्च बढी हुने दिन भएकाले सचेत भएर काम गर्नुपर्ने देखिन्छ। पुरानो रोगले भने छोड्नेछ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ५ : ०९ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको